पोखरा । कास्की जिल्ला डोरीतान सङ्घको आयोजनामा ‘चौथो कास्की जिल्ला स्तरीय खुला महिला डोरीतान प्रतियोगिता २०८२’ हुने भएको छ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा भदौ ६ गते प्रतियोगिता गर्न लागिएको अध्यक्ष विष्णुहरि भुगाईले जानकारी दिए ।
प्रतियोगिता पोखरा महानगरपालिका वडा नं. २६, सुन्दरीबजार स्थित नमस्ते पार्टी प्यालेसको प्राङ्गणमा हुने छ । नकआउट र लिग चरणको आधारमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः नगद रु ३० हजार, २० हजार, १० हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र ले सम्मान गरिने जनाईएको छ ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ । प्रतियोगितामा भाग लिन कास्की जिल्ला भित्र बसोबास गर्ने नेपाली नागरिक हुनुपर्ने छ । प्रतियोगितामा सहभागि हुने खेलाडीले खेल पोशाक अनिवार्य लगाउनुपर्ने छ ।
प्रतियोगितामा कुनै पनि दुर्घटना भएमा प्राथमिक उपचार बाहेक अन्य सम्पूर्ण उपचार सम्बन्धित खेलाडी वा टिम स्वयंले गर्नुपर्ने अध्यक्ष भुगाईले उल्लेख गरे ।
प्रतियोगिताका नियमहरू

















