पोखरा । लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा दुईदिने सचेतनामूलक कार्यक्रम भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो । 

सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भए ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, कृष्ण दलगण फूलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह तथा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लागूऔषध दुरुपयोग तथा ओसारपसारका कारण समाजमा पर्ने नकारात्मक प्रभाव, यसको रोकथाममा समुदायको भूमिका तथा युवापुस्तालाई लागूऔषधको कुलतबाट जोगाउन आवश्यक सचेतनाबारे जानकारी दिइएको थियो ।

सचेतनामूलक कार्यक्रममा हास्यकलाकार पोख्रेली धुर्मुस युवराज भण्डारी, राजेन्द्र नेपाली, बुद्धिसागर खनााल तथा गायक शिवहरि ढुङ्गानाले लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सन्देशमूलक नाटक र लोकगीत प्रस्तुत गर्दै सहभागीहरूलाई सचेत बनाएका थिए ।

कार्यक्रममार्फत लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदाय, सुरक्षा निकाय र सरोकारवाला निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने तथा आमनागरिकमा सचेतना फैलाउने लक्ष्य राखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0