पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भोटेकाशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ जम्मा गरेको छ । भदौ १४ मा आयोजना गर्ने भनिएको तीजको दर खाने कार्यक्रम रद्द गरी संघले उक्त रकम सहयोग गरेको अध्यक्ष शोभा पाण्डेले बताइन् ।

टेवानले तीजकै अवसरमा हरेक वर्ष बाराहीघाटमा आयोजना गर्दै आएको तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला यस वर्ष स्थगित गर्ने निर्णय गरेको छ । ‘यस्तो परिस्थितिमा मेला आयोजना गर्न उपयुक्त नहुने ठानेर पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित ग¥यौं,’ अध्यक्ष पाण्डेले भनिन्, ‘आगामी वर्ष निरन्तरता दिने छौं ।’ बाढीपीडितको उचित व्यवस्थापन, बेपत्ताको खोजी, घाइतेको उपचार र मृतकको परिवारलाई समयमै राहत उपलब्ध गराउन टेवानले सरकारसँग माग गरेको छ ।

संकटको यो घडीमा सम्पूर्ण नेपाली एकतावद्ध हुन संघले आह्वान गरेको छ । बाढीले भोटेकोशी क्षेत्रमा असर पुगे पनि अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेकोले विदेशी पर्यटक आउने वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने अध्यक्ष पाण्डेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0