पोखरा । विश्व पोलियो दिवसको अवसरमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, रिजन–४ को आयोजनामा पोखरामा पोलियो उन्मूलनसम्बन्धी सचेतना र्‍याली सम्पन्न भएको छ।

पोखरास्थित सम्पूर्ण रोटरी क्लबहरूको समन्वय तथा सहभागितामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित र्‍यालीमा रोटरियन, रोट्र्याक्टर, इन्टर्याक्टरसहित सर्वसाधारणको सहभागिता रहेको थियो।

रिजन–४ पोलियो प्लस उपसमितिका चियर रोटेरियन नारायणप्रसाद शर्माको संयोजनमा आयोजित र्‍याली पोखरा सभागृहबाट सुरु भई पृथ्वीचोक हुँदै मुस्ताङचोक पुगेर समापन भएको थियो। र्‍यालीमा सहभागीहरूले पोलियो उन्मूलनसम्बन्धी विभिन्न सन्देश र नारामार्फत समुदायमा जनचेतना फैलाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि रोटेरियन विनोद कोइरालाले पोलियो रोग, यसबाट हुन सक्ने जोखिम तथा रोकथामका उपायबारे जानकारी गराए। उनले पोलियो उन्मूलनका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै प्रत्येक बालबालिकाले आवश्यक खोप पाउने वातावरण निर्माण गर्न सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष रोटेरियन नवीनराज बरालले गरेका थिए भने रिजनल सेक्रेटरी रोटेरियन राजेन्द्र लिगलले सहभागीहरूलाई स्वागत गरे।

समापन कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष रोटेरियन राजकुमार गुरुङले र्‍यालीमा सहभागी रोटेरियन, रोट्र्याक्टर, इन्टर्याक्टर, डिस्ट्रिक्ट पदाधिकारी तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका संयोजक नारायणप्रसाद शर्माले सम्पूर्ण सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गगरे ।

रोटरी इन्टरनेशनलले सञ्चालन गर्दै आएको पोलियो उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउन समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0