पोखरा । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीजका गीतहरूको रौनक बढेको छ। यसै क्रममा कवि एवंम लोक गायिका अम्बिका भण्डारीको स्वरमा सजिएको नयाँ तीज गीत ‘भइयो दुई तिर’ सार्वजनिक भएको छ। गीतमा पारिवारिक सम्बन्ध, दिदीबहिनीका भावना र तीजको मौलिक पक्षलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। गीतमा स्वर शब्द तथा लय भण्डारीको नै रहेको छ । बासुरी रेकडिङ स्टुडियो पोखरामा रेकर्ड गरिएको गीत दिवस थापा मगरले एरेन्ज गरेका हुन् । गीतमा भण्डारीको मर्मस्पर्शी तथा लयबद्ध स्वर सुन्न सकिन्छ, जसले स्रोता तथा दर्शकलाई सजिलै आकर्षित गरेको छ ।
गीतको भिडियोमा तीजको परम्परागत पहिरन रातो साडी, पोते, र गरगहनामा सजिएका कलाकारहरूको आकर्षक नृत्य र अभिनय देख्न सकिन्छ। भिडियोको दृश्य संयोजन र निर्देशनले नेपाली तीजको मौलिकतालाई जोगाउने प्रयास गरेको छ। विष्णु गैरे, पुजा अधिकारी,राजन अधिकारी,सुशील पोखरेल र सीता पराजुलीको अभियनय रहेको गीतमा भावना पन्त र सावित्री अधिकारीको नृत्य हेर्न पाइन्छ ।

गीतले मुख्य गरी तीजको समयमा माइती र घरपट्टिको सम्बन्ध, दिदीबहिनी बीचको माया अनि व्यावहारिक जीवनका उकाली ओरालीहरूलाई समेटेको छ। रियल पिक्चर्स नेपालमा पोष्ट प्रोडक्सनको कााम भएको भिडियोको छायाकंन गणेश सापकोटाले गरेका हुन् । लाइटमा मनोज दाश र मेकपमा विनिता गुरुङले साथ दिएका छन् । राम प्रसाद बास्तोलाको निर्देशन र सम्पादनमा भिडियो तयार भएको हो ।
गीत सार्वजनिक भएसँगै युट्युब र विभिन्न सामाजिक सञ्जालहरूमा यो गीतले दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। तीजमा नाच्न र रमाउन उपयुक्त लय भएकाले यो वर्षको तीजमा ‘भइयो दुईतिर’ले दर्शक तथा स्रोताको राम्रो साथ पाउने अपेक्षा गरिएको छ। उक्त गीतको पूरा भिडियो युट्युबमा अम्बिका भण्डारी युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी कवि समेत रहेकी लोक गायिका अम्बिकाले केही वर्षदेखि निरन्तर तीजमा मौलिक खालका नयाँ तीजगीत बजारमा ल्याउने गरेकी छन् । उनले ३ कक्षामा पढ्दा देखिनै मुक्तक लेख्न शुरु गरेकी थिइन् भन् साहित्य तर्फको औपचारिक यात्रा २०६७ मा लोक ‘छन्दका फूलहरू’ नामक कविता सङ्ग्रह मार्फत भएको थियो । तीज गीतका अलावा अन्य गीत र साहित्यिक कृतिहरू समेत निरन्तर पस्किरहेकी छन् । यसपालिको तीज गीत हेरेर प्रतिक्रिया दिन उनले सबैलाई आग्रह गरेकी छन् ।
भिडियो
Bhaiyo Dui Tira | New Teej Song 2083| Ambika Bhandari | Official Music Video – YouTube
















