पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको संगठन विस्तार अभियान अन्तर्गत मुस्ताङ जिल्लामा जिल्ला तदर्थ समिति गठन गरिएको छ।

शनिबार थासाङ गाउँपालिका–४, घासा, मुस्ताङमा आयोजित कलाकार भेलाबाट लोकप्रिय लोकदोहोरी गायक उदय नेपालीको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको हो । कार्यक्रममा स्थानीय कलाकार, जनप्रतिनिधि, प्रतिष्ठानका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारीको उल्लेखनीय सहभागिता रहेको थियो ।

नवगठित समितिको सहसंयोजकमा जीवन गोतामे, सदस्य सचिवमा सविता छिनाल र आर्थिक संयोजकमा ङुटुक गुरुङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा गोविन्द नेपाली, विरेन्द्र परियार, धनबहादुर थापा, सुमित्रा पाइजा, लक्ष्मी खनाल विक, बिनोद परियार तथा रिना छन्त्याल रहेका छन् ।

गठनपश्चात गण्डकी प्रदेश समितिकी अध्यक्ष माया गुरुङले नवनिर्वाचित संयोजक उदय नेपालीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् । उनले मुस्ताङमा शाखा विस्तार हुनु प्रतिष्ठानको संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण उपलब्धि भएको बताइन् ।

उनले संगठन विस्तार अभियानलाई सफल बनाउन प्रमुख अतिथिका रूपमा उपस्थित प्रतिष्ठानका केन्द्रीय सांगठनिक उपाध्यक्ष सुवास केसी, केन्द्रीय सचिवहरू जीवन दाहाल र घनश्याम रिजाल, केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका संस्थापक अध्यक्ष शंकर विरही गुरुङप्रति विशेष आभार व्यक्त गरिन् ।

त्यसैगरी थासाङ गाउँपालिकाका कार्यपालिका सदस्य बिक्रम गौचन, घासा गाउँका मुखिया राजन गौचन, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष रामजी पौडेल, कोषाध्यक्ष सबिना गुरुङ, उपत्यका समन्वय समितिका निवर्तमान सचिव रमेशबाबु थापा, घासा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक आर.बी. सेढाई तथा कार्यक्रममा सहभागी स्थानीय कलाकार, बुद्धिजीवी, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति पनि उनले धन्यवाद ज्ञापन गरिन् ।

अध्यक्ष गुरुङले हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिष्ठानको शाखा गठन हुनुले संस्थाको संगठन विस्तार अभियानले नयाँ उचाइ प्राप्त गरेको अनुभूति भएको उल्लेख गर्दै मुस्ताङमा संगठन विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिष्ठानका आजीवन सदस्य छवि सुवेदीप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिष्ठानका अनुसार देशभर संगठन विस्तार तथा लोकसंस्कृति संरक्षण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न जिल्लामा शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको छ । मुस्ताङमा तदर्थ समिति गठन भएसँगै स्थानीय लोककला, लोकसंस्कृति तथा लोकदोहोरी गीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हकहितमा थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0