काठमाण्डौ । उडान स्टुडियोको प्रस्तुति रहेको नेपाली फिल्म ‘आशा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पारिवारिक कथामा आधारित फिल्मको पोस्टरमा महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन्।
रोयल भीमसेनले तयार पारेको पोस्टरमा घरभित्र शुशांक मैनालीको तस्बिरमा माला लगाइएको, महेश त्रिपाठी किरिया बसेको र आशान्त शर्मा पण्डितको भूमिकामा देखिएका छन्। अञ्जना बराइली भने ढोकाबाट चिहाएर हेरिरहेको दृश्यमा प्रस्तुत छन्। पोस्टरले फिल्मको कथाबारे दर्शकमा कौतुहलता जगाएको छ।
निर्मात्री शर्मिला थापाका अनुसार फिल्म पूर्ण रूपमा पारिवारिक कथामा आधारित छ। फिल्म आगामी फागुन १४ गते प्रदर्शनमा आउने तय भएको छ।
राजिव गुरुङको कथा तथा निर्देशन रहेको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको अभिनय छ। फिल्मको छायांकन काठमाडौं, नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो। फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ।
















