पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सदस्य शिक्षा एवं तीज विशेष कार्यक्रम’ सम्पन्न गरेको छ ।

आफ्नो स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले आवद्ध सदस्यहरूलाई सहकारीका काम, कारवाही, सदस्यले पालन गर्नुपर्ने नियमहरू, बचत सँगै ऋण लिँदा अपनाउनुपर्ने विषयका बारेमा कार्यक्रममा जानकारी दिइएको थियो ।सहकारीमा आवद्ध भएका तर सहकारीले गर्ने काम कारवाहीका विषयमा अस्पष्ट भएका विषयहरू सँगै आर्थिक र वित्तिय अनुशासनका बारेमा सदस्यहरूलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेकी सहकारी सञ्चालक समिति सदस्य कविता गुरुङले जानकारी दिइन ।

कार्यक्रममा सहकारी सम्बन्धी तीज गीत प्रस्तुती सँगै सहकारीमा आवद्ध सदस्यहरूलाई दर समेत खुवाइएको उनले बताइन ।

कार्यक्रममा पोखरा २ मिरुवा स्थित ए एण्ड बि इन्टरनेश्नल हस्पिटलले सहकारीका सदस्यलाई हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्बन्धमा सम्झौता समेत भएको छ । सम्झौता पत्रमा सहकारी सञ्चालक समितिका अध्यक्ष जयलाल अधिकारी र हस्पिटलका प्रतिनिधि डा.लता लक्ष्मी पराजुलीले हस्ताक्षर गरेका थिए ।

सम्झौता सँगै हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यहरूले १० देखी ३० प्रतिशतसम्म छुट पाउने भएका सहकारीका सचिव शिवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सहकारीले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसका दिन खुला रक्तदान कार्यक्रम सँगै अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर विभिन्न सामाजिक कामहरू गदै आएको छ ।

सहकारी सञ्चालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक एवं निवर्तमान अध्यक्ष विश्व बहादुर गुरुङ, उपाध्यक्ष गङ्गा बहादुर गुरुङ, सचिव शिवराज अधिकारी, कार्यक्रम संयोजक कविता गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिक सँगै अन्य कामका बारेमा आ आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0