पोखरा ।  पोखरा उद्योग वाणिज्य स‌ंघको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइरालाले पोखरा र पोखराको व्यवसायीहरूको लागि केही गर्न पर्छ भन्ने उद्देश्यसहित आएको बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको ७ पदाधिकारी मध्ये २ पदाधिकारीमा मात्र निर्वाचन हुने पक्का छ । ७ पदाधिकारी मध्ये अध्यक्ष र उपमहासचिव पदमा मात्र निर्वाचन हुनेछ भने, बाँकी तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा पदमा निर्विरोध भएका छन् ।

अर्जुन पोखरेल प्यानलबाट उपमहासचिव पदका उम्मेदवार कोइरालाले आगामी दिनमा पोखरा उद्योग वाणिज्य सङ्घमा व्यवसायीहरूको आवाज बुलन्द गर्ने गरी टिमसहित आएको बताए ।

‘पोखरा उद्योग वाणिज्य सङ्घमा हिजो के भयो भएन भनेर अग्रजहरूले बाटो र कोरेका चिजहरू हेरी सकेका छौँ, उम्मेदवार कोइरालाले भने, ‘यो संस्थाले पोखराको गरिमालाई बचाएको छ, त्यसैले सङ्घमा व्यवसायीहरूको आवाज बुलन्द गर्न, समस्याको समाधानमा ध्यान दिन, पोखराको विकास र व्यवसायीहरूमा केही गर्न पर्छ हामीले नगरे कसले गर्छ भनेर नै टिम सहित आएका छौँ ।’

उनले पर्यटकीय नगरीको अस्तित्व जोगाउने जिम्मेवारी समेत पोखरा उद्योग वाणिज्य सङ्घमा समेत रहेको बताए ।
‘पर्यटकीय नगरीमा हामीले गर्नुपर्ने र आफ्नो पोखराको अस्तित्व जोगाउन हाम्रो पनि काम कर्तव्य, अधिकार र जिम्मेवारी छ, उनले भने, ‘हामी केही गर्न पर्छ भनेर बजार झरेका छौँ, पेशा र व्यवसायलाई कसरी सफल बनाउने भनेर चुनौती हामीमा छ, त्यो चुनौतीसँगै नेतृत्वदायी भूमिकामा बसेर व्यवसायलाई सहज र सुलभ गर्न सकिन्छ भन्ने विश्वास, भरोसाको साथ अर्जुन पोखरेल प्यानलबाट टिमसहित आएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0