पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।
घरमै वडाको सेवा पाउँदा नागरिक पनि खुशी भएको उनी बताउँछन् । सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट उनीहरूलाई मुक्ति मिलेको छ । वडा सचिव, वडा सदस्य लगायतका कर्मचारीहरू स्थानीयकै घरमा गएर सेवा दिएका छन् । पोखरा १३ को गतिविधिले सरकार घरमा नै आएको आभाष भएको सरोकारवालाले प्रतिक्रिया छ ।
सङ्घीयताको मर्मअनुसार सेवा प्रवाह गर्न पाउँदा वडाध्यक्ष बराल पनि खुशी छन् । नागरिकलाई सरल र सहज सेवामा उनको दैनिकी बित्न थालेको छ । भौतिक विकास सँगै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा समेत काम गर्दै आएको वडाले नागरिकमैत्री वातावरण बनाउँदै समस्याको समाधान गर्ने काम गर्दै आएको छ । “हामी नागरिकको सेवामा तल्लिन छौँ । नागरिकलाई कसरी हुन्छ रु सरल र सहज रुपमा सेवा प्रवाह गर्ने सोच हाम्रो हो । आशा छ हामीले सुरु गरेको घुम्ती सेवा प्रभावकारी बन्नेछ ।”, वडाध्यक्ष बरालले भने ।
वडाले घुम्ती सेवालाई निरन्तरता दिने प्रतिबद्धता समेत उनको छ । नमुना वडाको रुपमा रहेको वडा १३ ले सामाजिक, सांस्कृतिक, धार्मिक पक्षलाई पनि सुदृढ बनाउँदै लगेको छ ।