पाेखरा। पोखरामा आयोजित लामाचौर कपमा महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ। शुक्रबार फाइनलमा न्यु डायमन्ड भलिबल टिमलाई ३-१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । उपविजेता डायमन्डले १ लाख प्राप्त गरेको छ ।

पहिलो र दाेस्राे सेट आफ्नो पारेको एपीएफले तेस्रो सेट भने गुमाएको थियाे। पहिलो सेट २५-२३, दाेस्राे सेट २५-२३ मा जितेको हो । तेस्रो सेट डायमन्डले २५-१३ मा जिते पनि चाैथाे सेटमा अथक प्रयासबीच पनि बराबरी खेल्न सकेन । चाैथाे सेट एपीएफले २५-१० मा जितेको हाे । डायमन्ड लामाचौर कपको सुरुवाती संस्करणतिर सर्वाधिक सफल टिम भएपनि पछिल्लोपटक विभागीयको वर्चस्व रहँदै आएको छ ।

डायमन्डले २०६९ देखि लगातार ४ वर्ष उपाधिमाथि कब्जा जमाएको थियो । पुरूषमा ट्राभल इन्क्वायरी गलकोट र महिलामा एभरेस्ट भलिबल सङ्घ तेस्रो भएका हुन् । पुरूष र महिलातर्फ घरेलु टिम गण्डकी भने पुछारमा रह्यो ।

तस्बिर : योगेन्द्र श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0