पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको चौथो सचिवालय बैठक मङ्गलबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटीका इन्चार्ज किरण गुरुङले पार्टीले सञ्चालन गर्न गैरहेको तीन महिने अभियानलाई प्रभावकारी र उपलब्धीमूलक बनाउन निर्देशन दिए । त्यसको लागि कार्ययोयोजना तय गरिने र त्यही अनुसार सम्पूर्ण पार्टी पङ्क्ति परिचालित हुनुपर्ने उनको भनाइ थियो ।

इन्चार्ज गुरुङले पार्टी सरकारमा रहेको अवस्थामा पार्टीका विरुद्ध गरिएका कु-प्रचार र अफवाहहरूको प्रतिकार सहित सबल पार्टी निर्माणमा लाग्न आग्रह गरे । बैठकले पार्टीले सञ्चालन गर्ने तीन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेबारी बाँडफाँड समेत गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।

बैठकले सहकारीको आर्थिक हिनामिना सम्बन्धी आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय समेत गरेको प्रदेश कमिटी का उप -सचिव तथा प्रचार एवम् प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले बताइन्।

बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्व उपसचिव समेत रहेका प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागे सम्मका लागि पार्टीको जिम्मेबारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठकमा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, बागलुङ जिल्ला अध्यक्ष हिरा बहादुर के सी, लमजुङ अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा ,तनहुँ अध्यक्ष हरीराज कँडेल,पर्वत अध्यक्ष गोविन्द पहाडी , म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी सहितका जिल्ला अध्यक्षहरूले आ- आफ्नो जिल्ला कमिटीको गतिविधि र कार्यक्रमहरूको सन्दर्भमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0