पोखरा । विश्वमा कुनै पनि क्षेत्रसँग दाँज्ने सिमाना खोज्नुभयो भने यहाँ (नेपाल)मा पाउनुहुन्छ । तपाईंले खुल्ला सिमाना पाउनुहुन्छ । नेपाल–भारत, प्वाल र खाल्डो भएको सिमाना पाउनुहुन्छ बर्मा र भारतको । तपाईंले काँडे तारले बन्द गरिएको सिमाना पाउनुहुन्छ भारत र पाकिस्तानको । प्राकृतिक डाँडाकाँडाले ढाकेको सिमाना पाउनुहुन्छ । अनि सिमाना यस्तो पनि छ कि सिमाना त तपाईं मेघालय र बङ्गलादेशको सिलोङमा जानुभयो भने सिमाना त भुजावाला र झालमुडीवाला सिमाना छन् । भुजावाला, झालमुडीवालाको अगाडि उभिनुभयो भने भारत अनि पछाडि उभिनुभयो बंगलादेश पर्छ ।

पशुपतिमा भारत र नेपालको सीमामा जानुभयो भने बीचमा एउटा नाली छ उता गए नेपाल यता आए भारत । कोही सिमाना तय गरेका छैनौं । चीनले पनि काल्पनिक भन्छ हामी पनि काल्पनिक भन्छौँ । लुछाचुँडी भइरहन्छन् । त यो सिमाना भन्ने कुरा दुई किसिमको हुँदो रहेछ । एउटा धर्का, रेखा भएको । अर्को सिमाना सीमा क्षेत्र हुँदो रहेछ । धर्काको सिमानामा बसेका आर्मीहरू कतिबेला त्यसले सिमाना पार गर्छ र बन्दुक ठोकौँला भनेर बस्छ । अनि अर्को सिमाना बोर्डर लाइन भन्छौँ । त्यसमा उताको यता, यताको उता गरिरहन्छौ । यी सिमानालाई हेर्यौं भने हामीले कुन नरम हो भन्ने, कुन कडा हो भन्ने छुट्टाउन सक्ने रहेछौ । कडा सिमाना भनेको क्रस गर्न नसकिने हो । क्रस गरेको खण्डमा गोला–बारुद चलिहाल्छ ।

भारत–पाकिस्तान, भारत र चीनजस्तो देशको सिमाना यस्तै छ । हामीले जो नेपाल र भारतको सिमाना छ त्यसलाई सफ्ट बोर्डर (नरम सिमाना) भन्छौं । चारैतिर तपाईंले सिमाना हेर्नुभयो भने हाम्रो सिमानामा पाँच प्रकारको कुराहरू आदानप्रदान गर्दा रहेछौं । एउटा तीर्थयात्रा, ज्ञान–बुद्धिको आदानप्रदान गर्छौं । अर्को मानव समाज आवातजावत गर्छन् पर्यटनका लागि, अध्ययनका लागि, स्वास्थ्यका लागि । अर्कोपट्टि व्यापार–वाणिज्यका लागि सिमाना तोक्छौं । वस्तु, बिजुली र देहव्यापारसम्म हुन्छ । अनि फेरि अर्को युद्ध र आक्रमण, आतंकवाद र शरणार्थीको बारेमा सीमाना तय गर्छौं । अनि अर्कोपट्टि फेरि प्राकृतिक प्रकोप बाढी, भूकम्प करूणाजस्तो बिमारको लागि सीमाना तय गर्छौं । अनि सिमानामा हुने यो पाँचै वटा कुरालाई हामीले पहिला त दुई देशको सम्बन्धमा गाभ्ने कोसिस गर्छौं । अनि सम्बन्धमा गाभ्ने कोसिस गरेपश्चात् साहित्यकारले साहित्यिक लेखनमा, पत्रकारले पत्रकारितामा बाँध्ने कोसिस गर्छन् ।

साहित्यिक लेखनमा जब सिमाना भन्ना साथ मलाई नेपालका गोर्खाहरू र पूर्व–भारत कम्पनीका आर्मीका युद्ध भएको याद आउँछ । सन् १८१४ तिर अर्थात् आजभन्दा करिब २ सय वर्ष पहिला भएको युद्ध थियो । यो देहराधुनदेखि अलिकति माथि नालापानीमा भएको थियो । एकपट्टि अंग्रेजका आर्मी थिए र अर्कोपट्टि नेपालका बलभद्र आफ्ना सिपाही लिएर गएका थिए । लडाइँ कस्तो भयो ? त्यो साहित्य र इतिहासमा लेखिएको छ । उताबाट २ हजार ५ सय सिपाही लिएर मेजर जर्नल रोर्बट जिलेप्सी आयो गोला–बारुद्ध लिएर । अनि जुन नालापानीको किल्ला थियो त्यहाँबाट गोर्खालाई खेद्नुपर्छ भनेर आयो । यताबाट बलभद्र आफ्नो ५/६ सय सिपाही लिएर गयो । उताबाट गोखा–बारुद्ध, यताबाट खुकुरी, धनुकाँड, ढुंगा लिएर गयो । कसले खलंगा खाने, कसले किल्ला ओगट्ने भनेर लडाइँ सुरू भयो । युद्ध सुरू हुँदा पहिलो, दोस्रो र तेस्रो राउण्डमा अंग्रेज हारे । त्यसपछि जेलेप्सीले हामीले सकेनौं, यिनीहरूलाई हराउन नयाँ शक्ति लिएर आउनपर्छ भनेर गए । यता वीर बलभद्रले नानी, छोरी, श्रीमती सबैलाई लिएर गएपछि फेरि युद्ध सुरू भयो । यति भीषण प्रकारले गोर्खाहरूले त्यो लडाइँ लडे । अनि गोर्खाहरूले हारेरनन् तर वीर बलभद्रले किल्ला छोडेर गए । साहित्यमा के लेखेका छन् भन्दा वीर बलभद्रलाई आफ्नो सिपाहीहरूले के भन्छन् ? के भनेको रहेछन् भन्दा आन्द्रा लाग्यो चुत्की खेल्न, तिघ्रा लाग्यो काँप्न, सक्तिन महाराज पत्थरका लात् थाम्न । भोक लाग्यो, तिघ्रा भोकले हल्लिन थाल्यो, गोखा–बारूद्ध आयो भनेर छोडेर गयो । साहित्य, सिमाना अनि सम्बन्ध त्यसरी सुरू भएको हो ।

अब अर्को यस्तै युद्धको क्षेत्रमा लैजान्छु । जापानिजले अमेरिकनको अड्डामा बम खसालेपछि दोस्रो विश्व युद्ध सुरू भयो । जापानिजले हमला गर्दैगर्दै आएर जब नागासाकी र हिरोसिमामा अमेरिकनले एटम बम पहिलोपटक झा¥यो त्यसपछि युद्धको अन्त्य भयो । विचलित पार्ने कुराहरू भएपछि एक हजार हाँसको बारेमा कसैले कथा लेख्यो । अनि त्यसमा के लेखेको छ भन्दा – स्कुल पढ्ने सानो नानीलाई एटम बमको किरणले घोचेपछि जब क्यान्सर भयो, क्यान्सर भएपछि उसलाई जब अस्पताल लग्यो, अस्पताल लगेपछि उसलाई कसैले भन्यो – तिमी यदि जाति हुन मन छ भने एक हजार वटा कागजको हाँस बनाउँदैनौं तबसम्म बनाइ रहनुपर्छ भनेपछि उसले दबाइको प्रेस्किप्सन पायो भने हाँसै बनाउने र टाल्ने भन्दाभन्दै सदाकोको मृत्यु हुन्छ । त्यहाँबाट साहित्यको सुरू हुन्छ सदाको ‘वान् थाउजेण्ड पेपर क्रेन्स’ भनेर । तपाईं हिरोसिमामा जानुभयो भने यो सब देख्नुहुन्छ । अनि मैले हिमलखबर पत्रिकामा एउटा कथा लेखेको थिएँ – बुलेट ट्रेनमा रोइरहें भनेर । त्यता यस्तो युद्ध भयो यता ब्रह्मापट्टि भारतको उत्तरपूर्व आसाम, मणिपुरतिर यस्तो युद्ध सुरू भयो । जापानीहरू छ्यापछ्याप्ती आउन थाले । बमबारी गर्न थाले । अनि अमेरिकीले सीमा कसरी पार गर्ने भनेर एउटा बाटो बनाए ।

अमेरिका, चीन र भारत मिलेर सन् १९४२ मा एउटा बाटो बनायो । त्यो सन् १९४५ मा बाटो सकियो । बाटो असामको लेखापानी जग्गाबाट जयरामपुर भएर छ्याङलाङ हुँदै पाङसाउ पास पुगेर मिच्यान्हा झरेर फेरि मण्डले भएर चीनको कुन्मिङमा पस्छ । जापानीहरू म्यानमारबाट चीन र बर्माबाट भारत जान नसकोस्, तिनीहरूलाई रोक्न सक्नुपर्छ भनेर तीन देशलाई छुने बाटो बनायो । त्यस युद्धमा लड्नेमध्ये सबैभन्दा प्रमुख गोर्खाहरू थिए । म्यान्मारमा मण्डले हिल्स भन्ने महानगर छ । मण्डले हिल्समा गएको त्यहाँ एउटा बुद्धिष्ट गुम्बा छ । यो जग्गा गोर्खाहरूले जापानीलाई खेदेको जग्गा हो भनेर ठूलो लेखेको रहेछ । अनि जापानीहरू पछि कोइमा, नागाल्याण्ड, मणिपुर पसे । कोइमामा भरपुर मान्छेहरू मारे । कोइमामा सबैको कपुर बनाइएको छ । स्मारक बनाइएको छ । कोइमामा सिंहवीर घलेको नाम एउटा कपुरमा पाउनुहुन्छ । घले ३० मे, १९४४ मा मरेका रहेछन् ।

घलेको चिहानको माथि – ओम् भगवतय नमः भनेर लेखेको रहेछ । अर्को बमबहादुर घर्ती मरेका रहेछन् । उनी २२ वर्षका थिए । अनि यसरी अंग्रेज, मुसलमान, भारतीय सेनाहरू मारिए । अनि चिहानको माथि सबैले आ–आफ्नो कुरा लेखेको रहेछ । अंग्रेजको एउटा एच टेन थोन भन्ने मान्छे सहिद भएको रहेछ । उसको श्रीमतीले ‘हामीले एउटा अपूर्व भविष्यको योजना बनाएका थियौं तर सपनामै सकियो’ भनेर लेखेको रहेछ । अब यो कुरा साहित्यमा कसरी आयो भन्ने तपाईंहरूले बुझ्नुहुन्छ । साहित्य कोट्याएर हेर्नुभयो भने चाखलाग्दा कुरा पाउनुहुन्छ । सिमाना र देहव्यापारअहिले त युद्धको कुरा भनें, अब सिमानाबाट देहव्यापार कसरी हुन्थ्यो भन्छु । आज माइती नेपालका अध्यक्ष अनुराधा कोइराला यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, यहाँ जानुहुन्छ, त्यहाँ जानुहुन्छ, छोरीचेलीलाई बचाउनुहुन्छ । आजभन्दा एक सय वर्षअघि सन् १९२६ मा कलकत्तामा एउटा गोर्खा कल्याण संघ थियो । अनि त्यसका अध्यक्ष खड्गबहादुर विष्ट थिए । उनले भारतको स्वतन्त्रता संग्रामका लागि पैसा उठाउनलाई, योगदान दिनलाई बाटोमा हिँडिरहेका थिए । बाटोमा चित्तुर रोडमा हिँडिरहँदा कसैले कागज फ्याँकिदियो । त्यसपछि कागज टिपेर माथि हेर्नुभयो । एक जना सानी ठिटीले माथिबाट तपाईंले त्यो पढ्नुस् भनेर भित्र जानुभयो । अनि त्यो कागजमा पद्मप्रसाद भन्ने बनारस बस्नेले १८ वर्षकी राजकुमारी मैयाँलाई झुटो आश्वासन दिएर कलकत्तामा हिरालाल सेठ भन्ने व्यापारीलाई बेचेको रहेछ । त्यो ठिटीले माथिबाट मलाई बचाउनुस् भनेर कागज झारेको रहेछ । खड्गबहादुर विष्ट त्यो सबै कल्याण समितिको काम छोडेर रिसले घरमा गए । धारिलो खुकुरी बोकेर बिल्डिङको माथि चढेछन् । त्यसपछि दैलो ढकढक गरेर खोल्दा हिरालाल श्रेष्ठ त अनुहार चाउरीसकेको, दाँत झरिसकेको बुढा रहेछ रे ! भित्र कसरी पस्नुभन्दा उसले नाटक गरेर भनिदियो – मलाई बनारसको पद्मप्रसादले पठाएको, उसकोमा दुई जना १६ वर्षकी केटी छन् । अलिकति पैसा ज्यादा दिनुभयो भने म ती केटीहरू ल्याइदिन्छु । त्यसपछि हिरालालले रमाएर पद्मप्रसादले पठाएको भनेर स्वागत गरे । खड्गबहादुरले हिरालाललाई काटिदियो । त्यसपछि सिधा थानामा आत्मसमर्पण ग¥यो । के गर्ने भन्ने भयो । पूरै भारतमा आन्दोलन भयो । अनि आन्दोलन गर्नेमा अखिल भारतीय गोर्खा लिगको नेता ठाकुर चन्दन सिंह हुनुहुन्थ्यो । उहाँले सुरू गर्नु भएपछि तीन वर्षभित्र सन् १९३० भित्रमा देहव्यापारको कुरा निकै ठूलो भयो कि खड्गबहादुर रिहा भए । यो सिमाना, सम्बन्ध अनि साहित्यसँग जोडिन्छ । हाम्रो कालिङपुङमा पञ्चरत्न प्रधान सर हुनुहुन्थयो । सबैले मान्ने प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँले बित्नुअघि केही बोट, केही विरुवा भन्ने पुस्तक लेख्नुभयो । राम्रो पुस्तक लेख्नुभएको छ । उहाँले के भन्नुभएको छ भने जब म दार्जिलिङ जिल्ला परिषद्को अध्यक्ष थिएँ तब म दार्जिलिङको मधेश क्षेत्र खोरीबारी, पानी ट्यांकी, नक्सल बारीतिर जान्थें जहाँ मधेशको मान्छे बस्थे । त्यहाँ कालो वर्णको लाप्चेहरू भेटें भन्नुभयो । लाप्चेहरू कालो वर्णको हुँदै हुँदैन । होइन ? उहाँले त्यत्तिकै लेखेर छोडेर बित्नुभयो । मलाई इतिहासमा रूचि भएकाले कालो वर्णको लाप्चे के हो, सिक्किमको टुप्पोतिर बस्ने मान्छे कसरी कालो भयो भन्दा त फेरि सिमाना र इतिहासकै कुरा आयो । नेपालमा ब्रिटिस नागरिक हट्सन क्याम्बेल भन्ने मान्छे थियो । उसले नेपाल खर्लप्पै खाएको थियो । भाषा, साहित्य, पशु, प्राणी सबै खर्लप्पै खाएको मान्छे सन् १८४० को दशकमा दार्जलिङ गएर बस्न थाल्यो ।

सन् १८४८ मा उहाँलाई मिल्ने साथीले भेट्यो । उनी बेलायतबाट आएको जोसुफ हुकर थिए । उनी मेडिकल डाक्टर भएपनि मेडिकल नगरी उत्पीडित खोज्दै हिँड्थे । उत्पीडित खोज्न उनीहरू सिक्किम पसे । सिक्किममा राजाको शासन थियो । राजाले यिनीहरूलाई जंगल जान दिएन । जबर्जस्ती जंगल पस्दा राजाले पक्रेर जेलमा हाल्दियो । तपाईंले विकासको सिद्धान्त प्रतिपादन गर्ने चाल्स डार्बिनको नाम सुन्नुभएकै होला । हुकरको बेलायतमा साथी डार्बिन रहेछ । अनि हुकर र चाल्र्स डार्बिनबीच चिठी मैले पाएँ । ४८ दिन त्यस्तो चिसोमा जेलमा हाल्दिएपछि राजालाई अंग्रेज सरकारले उनीहरूलाई छोड्नुभएन भने सिक्किम खाइदिन्छौं, आक्रमण गर्छ भन्यो । त्यसपछि उनीहरूलाई छोडिदियो । छोड्दा अंग्रेज सरकारले तिमीहरूले हाम्रो मान्छेलाई हाल्यौ अब तिमीहरूको पनि खाइदिन्छु भनेर खोरीबारी, नक्सलबारी खाइदियो । अनि त्यहाँ बस्ने लेप्चाहरू पछि कोचे, इचे, सन्ताल सरेकाले कालो भएको हो कि !अन्त्यमा भू–राजनीतिबारे एउटा कुरा भन्न चाहन्छु । हामीले भारतमा नेपाली भाषालाई आठौं अनुसूचीमा मान्यता दिनुपर्छ भनेर धेरै लड्यौं । सन् १९५६ मा आनन्दसिंह भण्डारीले देहरादुनबाट यो मुद्दा उठाएपछि हामी लड्यौं । यसमा पनि सीमाना र साहित्यको कुरा आयो । लड्दा–लड्दा सन् १९७७ मा मोरर्जी देसाइ प्रधानमन्त्री हुनुभयो । अखिल भारतीय नेपाली भाषा समितिको अग्रजहरू गएर उहाँलाई हाम्रो भाषाले हाम्रो भाषाले मान्यता पाउनुपर्छ भन्नुभयो । मोरर्जी देसाइले के भन्नुभयो भन्दा तिमीहरूको भाषा नेपालको विदेशी भाषा हो त्यसैले मान्यता दिँदैनौं भन्नुभयो । हामी पनि अलिकति ढिपी नै मान्छे हौं । हाम्रो भाषा कसरी नेपालको भाषा हो भन्यौं ।

सन् १९७५ मा नेपाली भाषालाई भारतको आधुनिक भाषा हो र भारतकै साहित्यकारले मान्यता दिएको छ भनेपछि उसले मान्दै मानेन । सन् १९९२ मा आठौं अनुसूचीमा मान्यता पायौं । अब कुरा गरौं उहाँले किन विदेशी भाषा भन्नुभयो भनेर । खोज्दा–खोज्दा चिठी पायौं । उहाँले हाम्रो एक जना सांसदलाई लेख्नुभएको रहेछ, ‘तिमीहरूको भाषा विदेशको भाषा हो । तिमीहरूको नेपालमा पनि हिन्दी भाषी त्यत्रो छ । तिमीहरूको सरकारले नेपाललाई दिन्छ ।’ हामीलाई त तिमीहरूको भनेर नेपालको भन्यो । हाम्रो इतिहास भारतीय, हाम्रो योगदान सबै भारतीय छ । हामीलाई पनि झोक चल्यो । हामीले उहाँलाई जवाफ दियौं । दार्जलिङ आउँदा जुत्ता देखायौं । मैले पनि जुत्ता देखाएँ । मेरो साथीलाई पक्रेर पिट्यो । अहिलेसम्म पनि साथीको ढाड दुख्छ । तर हामीले छोडेनौं । किन भनेको रहेछ भनेको त सन् १९७५ मा जब सिक्किम मर्ज भयो नेपालमा पनि तहल्का भयो । नेपालको राजाले शान्ति क्षेत्र घोषणा गर्नुभयो । प्रधानमन्त्री मोरर्जी देसाइले इन्दिरा गान्धीलाई हेर्न नमान्ने । त्यो गर्दा इन्दिरा गान्धीले गर्नुभएको कुनै काम मन नपराउने भयो । नेपालको राजाले मधेशमा हामी हिन्दी भाषीलाई हिन्दी बोल्न दिँदैनौं, नागरिकता पनि दिँदैनौं भन्नुभयो । त्यसपछि नेपालकाले सिमानामा पोल सार्न थाले होला ! धान खाने मुसा, चोट खाने भ्यागुता भनेजस्तो हामीमाथि प्रहार गर्नुभयो । पछि गएर बुझ्यौं । अन्त्यमा एउटै कुरा भन्न चाहन्छु । भू–राजनीतिमा प्रोपोगाण्डा भन्ने ठूलो कुरा हुँदो रहेछ । अन्धाधुन्धको प्रचार हुन्छ । सन् १९६५ देखि १९७५ मा जब साँस्कृतिक क्रान्ति भयो त्यसमा प्रोपोगाण्डा धेरै हुन्थ्यो । माओत्से तुङले आफूलाई बचाउन सबै प्रोपोगाण्डा गर्थे । उनले मान्छेलाई माओत्से तुङबाहेक अरू सोच्नै दिँदैनथे । ८० लाख मान्छे म¥यो भनिन्छ । नेपालमा जब चीनको सहयोग सुरू भयो, काठमाडौं–कोदरी राजमार्ग, अरनिको राजमार्ग, रिङरोड, पृथ्वी राजमार्ग बन्यो । सन् १९८७ मा यहाँ आउँदा भारत र चीनको आर्थिक् सहयोगमा के छ भनेर सोध्दा अग्रज नेपालीले एउटा ठूलो अन्तर भारतले आफ्नै प्रकारको इन्जिनियर, ट्याक्टर ल्याउँछ र गाउँ बसाउँछ र कार्यक्रम गर्छ भने । त्रिभुवन राजमार्ग, सिद्धार्थ राजमार्ग बनायो । तर, चीनको १०/१५ जना मान्छे मात्र आउँछ, सानो कोठामा बस्छ, त्यहीँबाट हिसाबकिताब गर्छ अनि प्रोजेक्ट नेपालीलाई चलाउन लगाएर बनाउँछ । गाउँमा जाँदा एक जनाले तपाईंले चीनमा कसलाई चिन्नुहुन्छ भनेर सोध्दा यिनलाई चिन्छु भनेर देखाउनुभयो । को हो यिनी भनेर सोधेँ । खोइ ‘मा’, ‘मा’ भन्छन् यिनीलाई चिन्छु भन्यो । त्यतिबेला चीनले के गर्दो रहेछ भन्दा चीनले जहाँ पनि सहयोग गर्छ त्यहाँ माओको सानो ब्याज सबैलाई बाँड्दो रहेछ । चीनको म्युजियममा गएर माओत्से तुङले कसरी प्रोपोगाण्डा गर्दो रहेछ भनेर हेरेको त त्यतिबेलाको जमानामा घरमा जति घडी छ त्यहाँ माओको फोटो हुनैपर्छ । खाने थालमा माओको फोटो हुनैपर्छ । जहाँ पनि तपाईंले देख्नुहुन्छ माओको फोटो हुनैपर्छ । अनि त्यही फोटोग्राफ यहाँ पनि लगाइदिए । मलाई कहिलेकाहीँ लाग्छ – यो नेपालमा माओवादीको आन्दोलन गरे । लेनिनिष्ट, माक्सिष्ट आन्दोलन किन गरेन ? माओकै किन ग¥यो भन्दा त्यो ब्याजको पो प्रभाव हो कि !

(प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको उद्घाटन सत्रमा बिहीबार दिएको विद्वत्प्रवर्चन । उनी इन्दिरा गान्धी ओपन युनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0