पोखरा । पोखराको रानीपौवास्थित ग्लोबल कलेजियट स्कुलमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ४१ युनिट रगत सङ्कलन भएको छ । २०८० सालकाे  पुस महिनामा स्थापना भएको ग्लोबल युथ रेडक्रस सर्कलको आयोजनामा भएको रक्तदानमा उक्त मात्रामा रगत सङ्कलन भएको हो । ग्लोबल युथ रेडक्रस सर्कलमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू सदस्यका रुपमा रहेका छन् । विद्यालयका संस्थापक प्राचार्य बाबुराम पन्तले ग्लोबल युथ रेडक्रस सर्कलले स्थापनाकालदेखि हालसम्म प्राथमिक उपचार, विपद व्यवस्थापन लगायतसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको र अहिले जीवनदान रक्तदान भन्ने मूल नारासहित रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

ग्लोबल युथ रेडक्रस सर्कलले आयोजना गरेको कार्यक्रमको उद्‌घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले गरेका थिए । उनले रक्तदानप्रति आम नागरिकको धारणा निकै परिवर्तन भएको भन्दै हरेक उत्सवमा मानिसले रक्तदान गर्न थालेको बताए । जसका कारणले रगतमा निकै सहजता आएको उनको भनाइ छ ।

कार्यक्रममा पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, रेडक्रस उपशाखा पोखरा–१२ का सभापति इन्दिरा पन्त, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्तलगायतले रगतको विकल्प अन्य नभएको बताए । ग्लोबल युथ रेडक्रस सर्कलका अध्यक्ष ओपल धामीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नायक विन्दुप्रसाद सुवेदी थकितले स्वागत र सर्कल सचिव निकिता रानाभाटले सञ्चालन गरेकी थिइन् ।

रानीपौवास्थित ग्लोबल कलेजियट स्कुल वि.सं. २०५२ सालमा स्थापना भएको हो । प्राचार्य पन्तले ग्लोबल कलेजियटले अहिले भौतिक र शैक्षिक सुधारलाई मध्यनजर गरेर काम गरिरहेको बताए । कक्षा १२ सम्म पठनपाठन हुने यस स्कुलमा हाल करिब १७ सय जना विद्यार्थी र एक सय २२ जना शिक्षक कर्मचारीहरू छन् । संस्थापक प्राचार्य पन्तले सङ्ख्या नभइ गुणस्तरलाई ध्यान दिएर यहीवर्षदेखि आधुनिक र सुविधासम्पन्न भवनबाट पठनपाठन सुरु गर्न लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
1