पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियान तीव्रता दिएको छ । अभियान अन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तीव्र गतिमा सञ्चालन भैरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। 

‘हरेक दिन जसो कुनै न कुनै कार्यक्रम भैरहेको छ’ प्रवक्ता सिग्देलले भने, ‘अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन निकै मेहनत गरेका छौँ।’

कास्की क्षेत्र नं १ मा पुस ७, कास्की क्षेत्र नं ३ मा पुष ९ गते क्षेत्रीयस्तरका कार्यक्रम भएका छन् । क्षेत्र नं २ मा कार्यक्रमको मिति पछि तय हुनेछ । पुस १० देखि भने पालिकास्तरमा कार्यक्रम सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा पुस १० गते, अन्नपूर्ण गाउँपालिकामा पुस १३ गते, मादी गाउँपालिकामा पुस १८ गते र रूपा गाउँपालिकामा पुस २० गतेका लागि कार्यक्रम तय भएको छ । 

कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाइ सकेको छ । वडामा पुगेका प्रतिनिधिहरूले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ । जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टीलाई शसक्त बनाउनका लागि अभियान अत्यन्त प्रभावकारी बनेको नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको भनाइ छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य गोविन्द भट्टराई कास्की आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0