पोखरा । स्याङ्जा स्रष्टा सदनको आयोजनामा पोखरामा देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

स्याङ्जा जिल्लाका कलाकार, स्रष्टा, सर्जकहरूको छाता सङ्गठनको रुपमा रहेको सदनले नेपाली मौलिक संस्कृति जगेर्ना गर्ने र स्याङ्जा जिल्लामा जन्मेका कलाकार तथा विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूसँग आपसी भाइचारा अभिवृद्धि गर्नको निमित्त कार्यक्रम आयोजना गरेको अध्यक्ष पशुपति शर्माले बताए । चाडबाडमा रहेका विशेषता जोगाइराख्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताएका उनले लोक पर्व र लोकका भावना नबिग्रिने गरी संस्कृति बचाउनुपर्नेमा जोड दिए । समय अनुसार परिवर्तन भएपनि आफ्नो धरातल नभुल्न उनको आग्रह छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रहेका शर्माले आगामी वर्ष हुने अधिवेशन मार्फत नेतृत्वमा पुग्नको लागि तयार रहेको बताए । उनले आफू वरिष्ठ उपाध्यक्ष रहेको कारण नेतृत्वको दाबेदारी स्वभाविक रहने भन्दै अनुशासित सँगले सबैलाई समेटेर लैजानका लागि कार्य गरिरहेको सुनाए ।

सदनका द्वितीय उपाध्यक्ष खुमन अधिकारीले स्वागत गरेको कार्यक्रम महासचिव घनश्याम रिजालले सञ्चालन गरेका थिए । पोखरा न्युरोडको सिटी पार्टी प्यालेसमा भएको कार्यक्रममा गायक कलाकारले सामूहिक रुपमा देउसी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0