पोखरा । नेपालीहरूको महान् पर्व तिहारको अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल र वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाको आवाजमा देउसीभैलो गीत सार्वजनिक भएको छ ।
तिहारका गीतमा मौलिकता हराउँदै गएको समयमा मौलिकतालाई ध्यान दिँदै नयाँ पुस्तालाई सिकाइको रुपमा समेत लिन सक्ने गरी गीत तयार पारिएको छ । पदमराज ढकाल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा सङ्गीत धनबहादुर गुरुङले भरेका छन् भने रचना गायक ढकालले नै गरेका हुन् । गीतको भिडियो मार्फत तिहारको मौलिक पक्षलाई स्पष्ट रुपमा देखाउन खोजिएको छ । गीतको भिडियोलाई परिपक्क बनाउन निर्देशक गम्भिर बर्देवाले मिहेनत गरेका छन् ।
लेखनाथ साहित्य प्रतिष्ठानले निर्माण गरेको गीतको पोष्ट प्रोडक्सनको काम श्याम शुक्ला फिल्म प्रोडक्सनमा भएको हो । अशोक आले मगरले छायाङ्कन तथा सम्पादनमा तयार भएको भिडियोमा नृत्य समुहको व्यवस्थापन युवराज गुरुङ, ईश्वरी राना र सविन गुरुङले गरेका हुन् भने नृत्य व्यवस्थापन हिमाली सांस्कृतिक परिवारले गरेको छ ।
सङ्गीत समुहको संयोजन दिलिप गायक र छायाँङ्कन स्थलको व्यवस्थापन धर्मराज सावित्री थापा प्रतिष्ठानले गरेको छ । नृत्य तथा लोकेसन मार्फत समेत मौलिकता झल्काउन खोजिएको छ ।
भिडियो लिंक