पोखरा । नेपाली गीत सङ्गीतका लगभग सबै विधामा उत्तिकै पोख्त कलाकार कृष्ण केसीको सुमधुर स्वरमा सजिएको गीत एउटै बाटो सार्वजनिक भएको छ ।

नेपाली लोक दोहोरीगीतका अत्यन्तै लोकप्रिय गीतहरूमा सङ्गीत संयोजन गरेका केसी.को यो गीत भने  उनको आफ्नै स्वरमा सजिएको छ । लोक सङ्गीतलाई मूलकर्म बनाएका केसीको एरेन्जमा फिल्मी सुगन्धको मिठास पनि पाइन्छ त्यसैले उनी एक फ्युजन सङ्गीत संयोजककारुपमा पनि परिचित छन् । खाई लाग्दो कद र स्फूर्त शरीर भएका केसी बेला बेलामा मोडलको भूमिकामा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन्‌ । सबै जसो बाजागाजा आफै बजाउन सक्ने सीप भएकै कारण उनको सङ्गीत संयोजन भएका गीतहरूमा कम्प्रमाइज गर्न उनी पटक्कै रुचाउदैनन र क्वालिटी युक्त सङ्गीत प्रस्तुत गर्न प्रतिबद्ध रहेका हुन्छन । त्यसैले पनि होला आफूले एरेन्ज गरेका गीतहरू रेकर्डिङ भएर फाइनल आएपछि उनी एकपटक सके सम्बन्धित स्टुडियोमै पुगेर सुन्छन् र सुझाब दिन्छन्, नसके पनि आफूले एकपटक सुनेपछि मात्रै बजार पठाउनका लागि प्रोत्साहन गर्दछन् ।

कृष्ण केसीको स्वर तथा सङ्गीत संयोजन, लेकराज गिरीको लय तथा शब्द ,  श्याम श्वेत रसाइलीको मिक्सिङ मास्टरिङ, गोबिन्द अनेक र कमल थापाको रेकर्डिङ रहेको अडियोको उत्पादन  पृज्म रेकर्डिङ स्टुडियोमा भएको हो । गोबिन्द आचार्य र यशु  भट्टराईको अभिनय  रहेको यो भिडियो  कुमार केसी निर्देशमा रहेको  छ, उक्त म्युजिक भिडियो  छायाङ्कन रेशम दर्लामी, श्रीगङार  एनिमेश गरुङ , सम्पादन अमृत चापागाईंले गरेका छन् ।

 दशैंको माहोल शुरु भएकै  शुभ साइत पारेर केसी को नयाँ कोसेली  एक्लो बाटो गोबिन्द आचार्य युट्युब च्यानल मार्फत  डिजिटल बजारका सबै प्लेटफर्म मा उपलब्ध छ ।

उक्त गीत  नेपालको अत्यन्तै सुन्दर क्षेत्र  मुस्ताङको विभिन्न लोकेशनमा  छायाङ्कन गरिएको छ । वर्तमान नेपाली जीवनको यथार्थ पाटोलाई यो गीतमा उतारिएको पाइन्छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0