पोखरा । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो । गीतमा विश्व डोङको स्वर र सङ्गीत रहेको छ । सुभास राई र नीरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।
गीत नीरा थापा मगरको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय बिष्ट सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई समेत समेटेको छ । आमा प्रति सम्मान गर्दै गीत निर्माण गरिएको उनले बताए ।
गण्डकी प्रदेश सरकारको पूर्व सांसद समेत रहेका बिष्टले आमाको सम्झनालाई आत्मसात् गर्दै गीत लेखेको सुनाए ।उसो त बिष्टले एक वर्ष अघि सार्वजनिक गरेको गीत “मुस्ताङे नानी” लाई निकै रुचाइएको थियो । युट्युबमा उक्त गीतलाई हेर्नेको सङ्ख्या १७ लाख माथि छ । मुस्ताङे नानी जस्तै आफ्नो नयाँ सिर्जनालाई समेत दर्शकले मन पराउनेमा उनी आशावादी छन् ।
मुस्ताङ जिल्लाको लोमान्थाङ र कोरला नाकाको वरिपरि छायाँङ्कन गरिएको भएर पनि होला म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।उक्त गीतले लोमान्थाङको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास बिष्टको छ । अपर मुस्ताङको रहनसहन र सामाजिक अवस्थालाई समेत गीत मार्फत दर्साउन खोजिएको छ ।
भिडियो