पोखरा । पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ । युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् । उक्त दोकान घरको उद्‌घाटन आज पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे ।

सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहेपनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे ।

यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष प्रेम सुवेदीले ग्राहकको मन जित्न सफल हुनेमा विश्वास व्यक्त गरेका थिए ।उक्त दोकान घरमा हाल ८ जनाले रोजगारीको अवसरमा पाएका दोकान घरका सञ्चालक युवा व्यवसायी सुर्यबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार सो दोकान घरमा नेपाली उत्पादन, दैनिक उपभोग्य तथा खाद्यान्नका सामाग्रीहरू उपलब्ध छन् ।

‘पोखराको अमरसिंह आफैमा चर्चित छ, भान्सामा चाहिने खाद्यान्नदेखि अन्य पेयपदार्थहरू एकै ठाउँबाट किन्न पाउनुहुनेछ । त्यसैले एउटै छानाबाट ग्राहकलाई चाहिने सम्पूर्ण ग्रोसरीका सामानहरू उपलब्ध गराउने उद्देश्यसहित दोकान घर सञ्चालनमा ल्याएका हौँ ।’ व्यवसायी गुरुङले भने । पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा रहेको दोकान घरले होम डेलिभरीको व्यवस्थासमेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1