पोखरा । आख्यानकार शोभाकर बरालद्वारा लिखित दोश्रो कृती पौराणिक आख्यान ‘पौराणिक आदर्श नारीहरू’ पुस्तक बिहीवार पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लिलाधर पौडेलले लोकार्पण गरेका हुन् । सो अवसरमा पौडेलले साहित्यले स्थानीय परिवेश र कला संस्कृतिको विकास, प्रचार र सम्बर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

पौडेलले साहित्य समाजको ऐना समेत भएको हुँदा सृजनशील लेखक साहित्यकारहरू गहिरो अनुसन्धान र विश्लेषण सहित सृजनामा केन्द्रीत हुँदा पाठकको इच्छा अनुसारको कृति सम्भव हुने उल्लेख गर्दै पौराणिक विषयवस्तुको सृजना पौराणिक आदर्श नारीहरू नामक आख्यान नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण दस्ताबेज हुने विश्वास व्यक्त गरे । सो कार्यक्रममा आख्यानको प्राध्यापक रामनाथ ओझाले समीक्षा प्रस्तुत गरेका थिए भने टङ्क पौडेलले आख्यानकार शोभाकर बरालको जीवनकालको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, गीतकार तथा गजलकार दुर्गा शाह बाबा, वरिष्ठ लेखक रबिन्द्र माकाजु, प्राध्यापक राम नाथ ओझा, प्राचार्य नरनाथ बराल, पोखरा महानगर वडा न २२ का वडाअध्यक्ष हिमलाल बराल सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

स्रष्टा समाज पुम्दीभुम्दीका उपाध्यक्ष एवं सङ्गीतकार नवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन ध्रुब बराल र स्वागत लक्ष्मी बरालले गरेकी थिइन ३७ वर्ष अध्यापन पेशामा संलग्न भएर हाल अवकासपूर्ण जीवन बिताइरहेका बरालको जन्म बि.सं. २००३ सालमा कास्कीको साबिक पुम्दीभुम्दी गा बि स हालको पोखरा २२ ठुलिबिडिमा भएको थियो । बरालको यसअघि २०७९ सालमा ‘मैले टेकेको धर्ती’ नामक पुस्तक प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0