पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध बिशाल बजारमा ग्राहकलाई विषेश छुट दिइने भएको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा पनि गुणस्तरीय सामान बेच्ने उद्देश्यका साथ सबै ग्राहकलाई बुद्ध बिशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरिएको बताए ।
“उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ बुद्ध बिशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइनुको साथै बुद्ध बिशाल बजार भित्र सामान खरिद गर्ने ग्राहकहरूलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष इन्द्रराज अर्यालले बताए ।
एसोसिएसनका उपाध्यक्ष बुद्धि बहादुर कुवँरले असोज १२ गते बाट शुरु भएको यो छुट योजना मंसिर ३० गतेसम्म सञ्चालन हुने बताउँदै कुवँरले छुटको फाइदा लिन ग्राहकलाई आग्रह गरे । बुद्ध बिशाल बजारभित्र करिब दुईसय सटरहरूमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, मोवाइल पसल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्ता लगायतका पसलहरू सञ्चालनमा रहेको एसोसिएसनका महासचिव राजु केसीले बताए ।
चाडपर्वको अवसरमा अन्डर ग्राउन्ड पार्किङ सञ्चालनमा
यसै बिच असोज १३ बाट बुद्ध बिशाल बजारमा अन्डर ग्राउन्ड पार्किङ सञ्चालनमा ल्याइएको छ । हाल करिब २०० वटा मोटर साइकल राख्न सकिने उक्त पार्किङ आगामी दिनमा अझै बिस्तार गरिने एसोसिएसनका प्रवक्ता मनोहरि पौडेलले बताए । हाल बुद्ध बिशाल बजारमा दुई ठाउँमा गरि करिव २५० वटा मोटरसाइकल राख्न मिल्ने पार्किङ रहेकोमा यो पार्किङ सञ्चालनमा आए सँगै दुई पाङ्ग्रे सवारी साधनको लागी पार्किङ समस्या समाधान हुने बताउँदै प्रवक्ता पौडेलले बद्र बिशाल बजारको तिन ठाउँमा रहेका पार्किङमा अब करिब ४५० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने बताए ।