पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका एन्डुयुको सहयोगमा प्राक्टिकल एक्सन, नेपाल र धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र (डिसिआरडिसी),बागलुङको साझेदारीमा सञ्चालित “नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना” कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशका म्याग्दी, कास्की, तनहुँ र गोर्खा गरि ४ जिल्लामा विद्युतीय चुलोको प्रवर्द्धन अन्तर्गत ७ हजार घरधुरीमा विद्युतीय चुलो प्रवर्द्धन गरिन लागिएको हो । यसै अन्तर्गत अन्नपूर्ण गाउँपालिकामा उक्त कार्यक्रमको शुभारम्भ तथा अन्तरक्रिया सम्पन्न भएको छ।

डिसिआरडिसी बागलुङका बोर्ड सल्लाहकार तथा संविधान सभा सदस्य नरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी रहेका थिए । उक्त कार्यक्रममा संस्थाको परिचय सहित परियोजनाको बारेमा डिसिआरसी संस्थाका कार्यक्रम संयोजक ज्ञान बहादुर थापा र विद्युतीय चुलोमा दिइने सहुलियत लगायत प्राविधिक पक्षको बारेमा फिल्ड अफिसर ई.दिप्सन रेग्मीले जानकारी गराएका थिए।

कास्की जिल्ला फिल्ड सहजकर्ता राजु थापाले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि अन्नपूर्ण गा.पा.का उपाध्यक्ष चन्द्रकला अधिकारी र अन्नपूर्ण ७ नं.वडा का अध्यक्ष भरतमान गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै बाल्टा र सीजी कम्पनीका प्रतिनिधि हरुले बिजुली चुलो प्रयोग बारे डेम्यो सहितको प्रस्तुती गरेका थिए ।

परियोजनाबाट २ हजार वाटको इन्डक्सन चुलो खरिदमा प्रति चुलो रु.२ हजार ७० प्रदान गर्नेछ । तत् पश्चात परियोजना अवधिभरका लागि मात्र बढीमा रु.५ सय ५०, ४ महिना को विद्युत महसुलमा सहुलियत दिनुका साथै लक्षित वर्गहरू अति विपन्न, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूको लागि सम्बन्धित वडाको सिफारिसमा रु.१ हजार ६ सय ५०, भान्सामा वायरिङ्ग तथा मिटर स्तरोन्नतिका लागि प्रदान गरिने बताइएको छ। परियोजना आर्थिक २०८१/८२ सम्म चल्ने राजु थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0