पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीले यहीँ असोज १७ गते बिहीबार घटस्थापनाको दिनमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले कास्की अध्यक्ष  बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४५, छठ, ईद लगायतका चाडपर्वको अवसरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पोखरा सभागृहमा बिहान साढे सात बजेपछि सुरु हुने कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री  ईश्वर पोखरेल प्रमुख अतिथिको रुपमा सहभागी बन्ने कास्की अध्यक्ष क्षेत्रीले खुलाए । कार्यक्रममा सहभागी बन्नको लागि सबै कस्केली दाजुभाइ दिदीबहिनीलाई उनले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0