पोखरा । पोखरामा आयोजित मनसुन सामूहिक कला प्रदर्शनीले कलाप्रेमीको ध्यान खिच्न थालेको छ । सिर्जनशील कलाकार समुहले यो प्रदर्शनीको आयोजना गरेको हो । चौथोपटक आयोजना गरिएको प्रदर्शनीमा कलाकारले मनसुन अवधिका स्मृति र भावनालाई सुन्दर सिर्जना मार्फत चित्रमा उतारेका छन् ।

प्रदर्शनीमा कलाकार आकाश गुरुङ, अमृत परियार, अनिता गुरुङ, अलिता गुरुङ, बाबुराम बस्ताकोटी, वामन चालिसे, विश्व केसी, विश्वराज पराजुली, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, डा.निर्मल लामिछाने, डिबी गुरुङ, देवेन्द्र गुरुङ, दुर्गा केसी, गोपाल दराइ, गोपाल श्रेष्ठ, हरेराम जोजिजु, हेमकान्ती गुरुङ, झविन्द्र गुरुङ, जित गुरुङ, ज्योति गुरुङ, केशर गुरुङ, केदार पालिखे, कृपा श्रेष्ठका चित्र हेर्न पाइन्छ ।

यसैगरी कलाकार लोक प्रसाद गुरुङ, मदन वान्तवा राई, मनोज गुरुङ, मिलन शेरचन, नगेन सिंह ठकुरी, निसान थापा, पदम घले, पारु अधिकारी, प्रकाश अधिकारी, रमेश श्रेष्ठ, राज लामा, रिक गुरुङ, एसकुमार श्रेष्ठ, सञ्जय गुरुङ, संजिता घिमिरे, सरोज कायस्थ, सौगात गुरुङ, शिव सिर्पाली, सुदिन श्रेष्ठ, सुरेन्द्र राज अधिकारी, थमन सिंह सुनार, उज्वल अधिकारी र युवराज लामिछानेका चित्र समेत प्रदर्शनीमा राखिएको छ ।

पोखरा आर्ट ग्यालरी नयाँबजारमा भइरहेको प्रदर्शनीमा ४७ जना कलाकारले सिर्जना गरेका ५५ वटा चित्र राखिएको आयोजकले जनाए । यसरी राखिएका कलाकृति तीन हजार रुपैयाँ देखि १ लाख ९ हजार सम्म मूल्यका छन् ।

प्रदर्शनी बिहीबारबाट सुरू भएको हो । असोज ९ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म क्यानभासमा उतारिएका ती सिर्जनाको अवलोकन गर्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0