पोखरा । अभिनेता माओत्से गुरुङलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । बोर्डले ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८१’ बाट उनलाई सम्मान गरेको हो । विगत लामो समयदेखि चलचित्र क्षेत्रमा समर्पित रही सामाजिक न्याय नागरिक सशक्तीकरण मानव अधिकारको प्रबर्द्धन तथा नेपाली समाजको सांस्कृतिक रूपान्तरणमा पुर्‍याएको योगदानको कदर गर्दै बोर्डले सम्मान गरेको खुलाएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा उनलाई नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान अर्पण गरे । बोर्डले संविधान दिवसको अवसर पारेर अभिनेता गुरुङ सहित १२ जनालाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा उनी सहित निर शाह, तुलसी घिमिरे, हरिवंश आचार्य, श्याम तमोट, लोचन भट्टराई, देशभक्त खनाल, कविता आले, रमेशरञ्जन झा, ऋदिचरण श्रेष्ठ, प्रेमा अधिकारी र विकास चौधरी समेत रहेका छन् ।

विकास बोर्डका अध्यक्ष दिनेश डिसीको अध्यक्षतामा भएको सम्मान अर्पण कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव राधिका अर्याल विशेष अतिथिको रुपमा उपस्थित थिइन् ।

गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का संस्थापक अध्यक्ष समेत रहेका अभिनेता गुरुङ पाेखराबाटै निरन्तर चलचित्र र र‌ंगकर्ममा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0