कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी प्रदान गरेको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले सर्वसम्मत कास्कीका उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको हो।

बैठकले विभिन्न कारणले रिक्त रहेका ४ जनालाई जिल्ला सदस्यमा चयन गरेको छ । जिल्ला सदस्यहरूमा बुद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम पौडेल र दुर्गा अधिकारी चयन भएको नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले जानकारी दिए।

बैठकले पार्टीका क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गर्ने निर्णय समेत गरेको छ । नेपाली काँग्रेस कास्कीका सहसचिव शङ्कर ढुङ्गानाको संयोजकत्वमा रामजी प्रसाद कोइराला र सुरेन्द्र अधिकारी सदस्य रहेको पार्टीको लेबी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बैठकले भरतप्रसाद तिवारी, भरत थापा, डिल्लिराम भट्टराईलाई आमन्त्रित सदस्यमा मनोनित गरिएको सहसचिव सिग्देलले जानकारी दिए ।