पोखरा । नवोदित गायिका सुमी लामा हिराको पहिलो साङ्गीतिक कोसेली ‘ढुकढुकी’ सार्वजनिक भएको छ। प्रेमभावमा आधारित उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।
चेतन राई अफिसियल युट्युबमार्फत मार्फत सार्वजनिक भएको गीतमा सुमी लामा हिराको स्वर रहेको छ। गीतको सङ्गीत तथा भिडियो निर्देशन चेतन राईले गरेका हुन् भने शब्द नेल्सन राईले रचना गरेका हुन् । गीतको एरेन्ज सबिर कार्कीले गरेका छन्।
म्युजिक भिडियोमा नेहा तामाङ र सुजन सुबेदीको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन तथा ड्रोन दृश्य रमित बोहोराले गरेका हुन् भने सम्पादन र रङ संयोजन कलर ग्रेडिङ राज धामीले गरेका छन्।
त्यस्तै, गीतको मिक्सिङ तथा मास्टरिङ सुरज गोपालीले गरेका छन्। आकर्षक शब्द, सङ्गीत र भिडियो प्रस्तुतीका कारण ‘ढुकढुकी’ दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
साङ्गीतिक क्षेत्रमा पहिलो पाइला चाल्दै सुमी लामा हिराले सार्वजनिक गरेको ‘ढुकढुकी’ ले उनको साङ्गीतिक यात्रालाई थप उचाइ दिने विश्वास गरिएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया प्राप्त हुन थालेको छ।
भिडियो
















