पोखरा ।  लोक दोहोरी रेस्टुरेन्ट व्यवसायीको भेलाले बिहीबार होम गुरुङको अध्यक्षतामा कास्की लोक दोहोरी व्यवसायी सङ्घ गठन गरेको छ । व्यवसायीको हकहितमा स्थापित समितिको पहिलो भेलाले पाँच सदस्य रहकाे समिति गठन गरेको छ । सङ्घको सचिवमा तेज चालिसे, कोषाध्यक्षमा विशाल मगर र सदस्यमा करिश्मा बराल र नौजङ गुरुङ रहेका छन् । 

कास्की लोक दोहोरी व्यवसायी सङ्घमा डाँडाघरे दोहोरी साँझ, फेवा दोहोरी, झल्को रोधी घर, मान्द्रो दोहोरी, विशाल दौतरी, ए वान गाउँ सहर दोहोरी,  साइनो रोधी नाचघर, गामबेंसी रोधी क्लब, सफल बिसौनी दोहोरी, भन्ज्याङ बुटिक, रिदम दोहोरी साँझ, आँधिखोला दोहोरी ,सात ताल दोहोरी ,ससुराली दोहोरी, ताल बाराही दोहोरी गरि १५ दोहोरी  आवद्द रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0