पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले ‘मिटर ब्याजी’को सम्बन्धमा कास्कीमा धेरै उजुरी आएको भन्दै सचेत रहन व्यवसायीलाई आग्रह गरेका छन् । शनिबार  सुनचाँदी व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो विषयमा जानकारी लिने क्रम चलिरहेको भन्दै यस्ता कार्यमा संलग्नलाई ख्याल गर्न सचेत गराएका छन् । गैर व्यवसायिक र गैर कानुनी काम नगर्न अनुरोध गर्दै प्रहरीले कहिल्यै पनि नियतबस व्यवसायीलाई दुःख दिने कार्य नगर्ने प्रष्ट पारे । गैर व्यवसायिक र गैर कानुनी काम गर्नेलाई भने कुनै पनि हालतमा नछोड्ने प्रतिवद्धता जनाए । कतिपय अवस्थामा कानुनी अस्पष्‍टता लगायतका कारण समेत व्यवसायीले समस्या पाइरहेको भन्दै यसमा सरकारलाई झकझकाइ स्पष्ट कानुनी व्यवस्था निर्माण गर्ने कार्यमा पहल गर्न समेत उनले आग्रह गरे ।

सङ्घ कास्कीले नव वर्ष २०८३ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा  डीएसपी बस्नेत सहित नेपाल सुनचाँदी  रत्न तथा आभूषण व्यवसायी  सङ्घ कास्कीका नवनिर्वाचित टिम र  नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको सदस्य चन्द्र किशोर गौतमलाई सम्मान गरिएको थियो  । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष चन्द किशोर गौतमले नयाँ सरकार निर्माण पश्चात विगतका सरकार लगाएको विलासिता कर लगायतको अन्त्य हुने दावी गरे । आगामी बजेटबाट यसको अन्त्य हुने नभएमा आन्दोलनमा उत्रिएर व्यवसायिक हक अधिकार स्थापित गराएर छाड्ने प्रतिवद्धता उनको थियो ।

नेपाल सुनचाँदी  रत्न तथा आभूषण व्यवसायी  सङ्घ कास्कीका अध्यक्ष मन बहादुर सुनारले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । चुनौतीहरू थपिदै गएकोले दुवै सङ्घ संस्थाबीचमा सामूहिक एकतानै बलियो आधार बन्ने उल्लेख गरे । सबै व्यवसायीका समस्या समान भएकोले सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता उनले ‌‍‌औँल्याए

सुनचाँदी व्यवसायी सङ्घ कास्की अध्यक्ष भविन्द्र विश्वकर्माले एकता सहकार्य र आपसी विश्वासका गहिरो अनुभूति गराइरहेको बताए । सहकार्य एकता आपसी विश्वासको वातावरण सिर्जना गर्दा यात्रा सहज हुने उनको भनाइ थियो । विगतमा जसरी नै सहयोग र साथका साथ सुनचाँदी व्यवसायी सङ्घ कास्की र नेपाल सुनचाँदी  रत्न तथा आभूषण व्यवसायी  सङ्घ कास्की एकसाथ अगाडि बढ्ने उनको विश्वास थियो ।

कार्य्रक्रममा संस्थापक उपाध्यक्ष तथा हालका संरक्षक दुर्गा बहादुर सुनार, संघका सल्लाहकार दशरथ सुनार,  कोषाध्यक्ष तथा क्यालेन्डर प्रकाशन उपसमिति संयोजक मंगल राज शाक्य लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव कमल सुनारले गरेका थिए । सङ्घ सूनचाँदी व्यवसायीको हक हितमा क्रियाशील रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0