पोखरा । पोखरामा आयोजित दोस्रो संस्करणको ‘वाडा अटो शो २०२६’  सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुती तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा गत बुधबारदेखि पोखराको ताल बाराही चोकस्थित खेल मैदानमा आयोजना गरेको वाडा अटो शो पाँच दिनसम्म सञ्चालन भएको थियो । 

अटो शोको समापन कार्यक्रममा बोल्दै नाडाका उपाध्यक्ष विक्रम सिंहानियाले दोस्रो संस्करणको अटो शोले ट्रेन सेट गर्न सफल भएको बताए । तेस्रो संस्करणलाई अझै आकर्षक बनाउनुपर्ने  भन्दै यस्तो अटो शो सातवटै प्रदेशमा आयोजना गर्ने नाडाको लक्ष्य रहेको उनको भनाइ थियो । प्रतिकुल मौसम र लोकेसनका कारण केही समस्या देखिएपनि अटो सो मार्फत प्राप्त बुकिङ र दर्शक सहभागिता राम्रो रहेको उनको दावी थियो।

गत वर्ष चार दिनसम्म चलेको अटो शोमा करिब २० हजार आगन्तुकले अवलोकन गरेका थिए। यस वर्ष ३५ हजारले अटो शो अवलोकन गरेको आयोजकको दाबी छ। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसियसन वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले प्रतिकुल मौसमको बाबजुद पनि दर्शकको उल्लेखनीय साथ पाएको बताएका छन् । पोखराको लेकसाइडमा रहेको तालबाराही चोकस्थित खेल मैदानमा भएको वाडा अटो सोमा १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डकापाङग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजहरुका स्टल रहेका थिए ।

 अटो सो मा एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल ईसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्राण्डका सवारीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखियो। अटो सोको अवसरमा भिन्टेज कार प्रदर्शनीमा राखिएको थियो । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुराना गाडीहरू प्रदर्शनीमा राखिएको हो ।  यी भिन्टेज गाडीहरु अटो सो को आकर्षणका रुपमा रहेका थिए । ्

 यसका अलाबा अटो सो मा रोवोट प्रदर्शनलगायत पनि आकर्षणका रुपमा रहेको थिए भने अटो सो को अवसरमा कम्पनीहरूले विशेष छुट घोषणा गरे । अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायिक वातावरण निर्माण गर्दै आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले अटो सो आयोजना गरिएको वाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0