पोखरा । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको वर्ष २०२६/२०२७ को अध्यक्षमा शान्ति सिग्देल चयन भएकी छन् । वर्ष २०२६/२०२७ को नयाँ समितिको लागि सोमबार भएको निर्वाचनमा हाल प्रथम उपाध्यक्ष रहेकी सिग्देल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । यो सँगै सिर्जना चौतारीले दोस्रो पटक महिला अध्यक्ष पाएको छ । यस भन्दा अगाडि महिला अध्यक्षको रुपमा प्रतिनिधि सभा निर्वाचनमा हालै  कास्की क्षेत्र नं. ३ बाट विना गुरुङले वर्ष २०१६/२०१७ मा क्लबको नेतृत्व हाँकेकी थिइन् ।

 क्लबको प्रथम उपाध्यक्षमा रमेश अधिकारी, द्वितीय उपाध्यक्षमा खगेश्वर पौडेल, तृतीय उपाध्यक्षमा राजेश ढुङ्गाना चयन भएका छन् । यसैगरी सचिवमा कृष्ण प्रसाद आचार्य, कोषाध्यक्षमा कोषीमाया गुरुङ, सह–सचिवमा अर्जुन श्रेष्ठ, सह–कोषाध्यक्षमा हेमराज पराजुली निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक क्लबका पूर्व अध्यक्षहरू उमापति ढकाल, सदस्यमा विष्णु प्रसाद तिमल्सिना र महेश्वर रिमाल रहेका थिए । कार्यक्रममा जनकराज पराजुलीले अध्यक्षको प्रतिवेदन, खगेश्वर पौडेलले सचिवको प्रतिवेदन, बालकृष्ण बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

नवनिर्वाचित अध्यक्ष सिग्देलले सबैको साथ सहयोगमा आफ्नो कार्यकाल उत्कृष्ट बनाउने प्रतिवद्धता जनाइन् । उनले वर्षभरी गर्ने कार्यक्रमलाई समेटेर कार्ययोजना प्रस्तुत गरेकी थिइन् । 

 लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे का फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर प्रजापति बाँस्तोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बालकृष्ण बराल, पूर्व अध्यक्षहरू जीवन गोर्खाली, सन्तोष घिमिरे, जनक बहादुर कार्की, विधान गौतम लगायतले बोलेका थिए । वर्ष २०२५/२०२६ का अध्यक्ष जनकराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उनले आफ्नो कार्यकाल सफल पार्न सघाउने सबैप्रति आभार व्यक्त गरे । बाँकी रहेको तीन महिना यस्तै साथ पाउने उनको अपेक्षा थियो । 

सन् २०१२ मा स्थापना भएको क्लबमा ५१ जना सदस्य रहेका आवद्ध रहेका छन् । क्लबले आफ्ना गतिविधि मार्फत डिस्ट्रिक्टमा बेग्लै पहिचान बनाउन समेत सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0