पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ सिमताल स्थित अन्नपूर्ण केबलकारमा सशस्त्र प्रहरीले केबलकार रोकिएमा गरिने उद्धार कार्य केबलकार रेस्क्यु सेमुलेसन सम्बन्धी अभ्यास गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल गण नं. २४ हेडक्वार्टर कालिका कास्की र अन्नपूर्ण केबलकार पोखराको सहकार्यमा सो आपतकालीन उद्धारसम्बन्धी अभ्यास गरिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट आएका प्रशिक्षकहरूको प्रशिक्षणमा कालिका गणका उद्धारकर्मी सशस्त्र प्रहरीले सो अभ्यासमा भाग लिएका थिए । केबलकारमा यात्रुहरू चढेको समयमा केबलकारमा समस्या आई कारणवश रोकिएको अवसरमा सुरक्षित, छिटो र सजिलो तरिकाबाट उद्धार गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको हो । भविष्यमा आउनसक्ने समस्यालाई सजिलै समाधान गर्ने उद्देश्यले गरिएको रेस्क्यु सेमुलेसन कालिका गणका दक्ष सशस्त्र प्रहरी सहभागी थिए । 

उद्धार अभ्यास अवलोकनपश्चात् पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको एकमात्र केबलकारमा रुपमा रहेको अन्नपूर्ण केबलकारमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि यो उद्धार अभ्यास फलदायी हुने बताए । कहिलेकाँही केबलकार रोकिने बित्तिकै मानिसहर डराउने र हतोत्साहित हुँदा अन्य दुर्घटना हुनसक्ने बताउँदै नागरिकलाई सुरक्षाका प्रत्याभूति दिनका लागि पनि यो अभ्यासले सहयोग गर्ने मेयर आचार्यको भनाई छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कास्की जिल्ला साहसिक खेलकुद, तालतलैया र नदिका खोँचहरु प्रशस्त मात्रामा भएको जिल्ला भएकाले पनि यहाँ विपदको जोखिम धेरै रहेको बताइन्केबलकारमा फसेका यात्रुको उद्धार गर्ने कार्य अन्य उद्धार कार्यजस्तो सहज र सरल नभएको बताउँदै यस्तो उद्धारमा उद्धारकर्ता स्वयम् जोखिममा हुने बताइन्उद्धारकर्ताहरूको क्षमता र  आत्मविश्वास बढाउनका लागि समेत यसप्रकारका तालिम आवश्यक रहेको प्रजिअ शर्माको भनाई छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ मुक्तिनाथ बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले  यसप्रकारका पूर्वतयारीले विपदको क्षति न्यूनिकरण गर्न सकिने बताए । केबलकारमा कुनैपनि दुर्घटना हुन सक्दैन भन्ने कुरा नकार्न नसकिने बताउँदै सशस्त्र प्रहरीले यस्ता तालिम एवं अभ्यास गर्दै आएको बताए । 

सशस्त्र प्रहरी बल नेपाल गण नं. २४ हेडक्वार्टर कालिका कास्कीका शसस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मान बहादुर विकले गरेका थिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0