पोखरा । पोखरा ३ नदीपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा “खुल्ला माउन्ट अन्नपूर्ण मास ट्यालेन्ट सो” आयोजना भएको छ । शुक्रबार भएको ट्यालेन्ट सोमा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मका विद्यार्थीले नृत्य, गायन,कबिता वाचन लगायतका बिभिन्न विधामा प्रतिष्पर्धा गरेको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।
ट्यालेन्ट सोमा कक्षा १० सम्मको नृत्य तर्फ निशान तिलिजा र दिपेश सुनारको समुह पहिलो, अनुषा छन्त्यालको समुह दोस्रो र प्रिन्सी गुरुङको समहु तेस्रो भए । कक्षा ११ र १२ तहको तर्फबाट शोनि मगरको समुह पहिलो र भावना रोक्काको समुह दोस्रो भए । गायन तर्फ कल्पना सुनार पहिलो, उत्कृष्ट गुरुङ दोस्रो भएको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले बताए ।
ट्यालेन्ट सोको निर्णायकको भूमिकामा हिमाली सांस्कृतिक परिवारका बरिष्ठ कलाकार सञ्जय गुरुङ र नितु गुरुङ रहेका थिए । कार्यक्रममा बोल्दै अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङले विद्यालयले आयोजना गर्ने यस्ता ट्यालेन्ट सोले विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने बताए ।
प्रशासनिक प्रमुख चित्र गुरुङले ट्यालेन्ट सो विद्यालयले आयोजना गर्ने नियमित कार्यक्रम भएको बताउँदै यस्ता कार्यक्रमलाई विद्यालयले नियमित रुपमा सञ्चालन गदै लैजाने बताए। माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउंटेनियरिङ विषयमा कक्षा १२ सम्म पढाइ हुन्छ । यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो विद्यालय हो ।












