पोखरा । नेपाली गीत सङ्गीतमा लागि रहेका गायक तथा सङ्गीतकार सुनिल गायकको नयाँ म्युजिक भिडियो ‘चोटै चोट’ सार्वजनिक भएको छ। गीतमा प्रेमीले प्रेम गुमाउनु र आफूलाई माया गर्नेको मान्छेको खुशी पनि प्रेम रहेको देखाइएको छ। प्रेम, रोदन र विछोड, त्याग भिडियोमा देखाइएको छ। सुपु म्युजिक क्रियशनको प्रस्तुति रहेको सुनिल गायक युट्युब च्यानल मार्फत आएको उक्त गीतमा शब्द सङ्गीत र स्वर तथा अभिनय स्वयं सुनिल गायक रहेका छन र उनलाई म्युजिक भिडियोमा, एलिसा भोग र सविन गायकले साथ दिएका छन्।
सङ्गीत संयोजनमा साहिल गायक तथा भिडियोमा निर्देशन नेत्र गुरुङले गरेका छन्। त्यसै गरि पब्लिसिटी डिजाइन सोपु क्रियशन रहेको छ। गायक गीत सङ्गीत सहित सामाजिक सेवामा समेत सक्रिय रहेका छन्। उनका गीत तिम्रो अभाव, कति माया, कहिले भइन, सम्बन्ध, लोक गीत तथा भजन गीतहरू समेत गाएका छन्। राष्ट्रिय सङ्गीतकर्मी संघ कास्की, हेमजा साहित्य प्रतिष्ठान नेपाल को अध्यक्ष, कास्की जिल्ला फुटबल सङ्घका सदस्य लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका छन्।
गीत सङ्गीतमा लागेर नै आफू खुशी भएको र आगामी दिनमा पनि निरन्तर लागि पर्ने र गायकको नयाँ योजनमा गजल गीत, गन्धर्व गीतहरू रहेको बताए। यस भिडियो मा प्रत्यक्ष अप्रत्यक्ष जोडिने साथ सहयोग प्रदान गर्ने सबैलाई एकमुष्ट धन्यवाद र सम्झना रहको गायकले बताए।
