पोखरा । हार्ट माइन्ड कन्सल्टेन्सी पोखराले सञ्चालन गरेको ६ महिने मनोसामाजिक मनोविमर्शको तालिम नौ जनाले पुरा गरेका छन् ।

गएको वर्षको पुस १ गतेबाट सञ्चालन भएको तालिम ६ महिना अर्थात ७ सय ८० घण्टा पुरा भए पछि  बुधवार एक कार्यक्रमको आयोजना गरि संस्थाले प्रमाणपत्र बितरण र  अनुभव आदान प्रदान गरि तालिम लिएकाहरूलाई बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक विनोद बिन्दु शर्माले तालिम पश्चात सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न र समाजमा प्रयोग गर्न आग्रह गरे। उनले गण्डकी प्रदेशका २ जिल्लामा बाहेक सबै जिल्लामा साइक्याट्रिक राखिएको बताउँदै हार्ट माइन्ड कन्सल्टेन्सीले सञ्चालन गर्ने तालिम बहुउपयोगी भएको उल्लेख गरे ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका मानव अधिकार अधिकृत खिमलाल सुबेदीले मानव अधिकार र मानसिक स्वास्थ्य एक अर्काका परिपुरक भएको बताए । तालिम प्राप्त पश्चात समस्यामा रहेकाहरूलाई तालिम लिएकाहरूले मनोविमर्श गरि  सहयोग गर्न सक्नेमा उहाँको विश्वास रहेको थियो ।

कन्सल्टेन्सीका निर्देशक सुदीप घिमिरेले गण्डकी प्रदेशमानै पहिलो पटक मनोसामाजिक मनोविमर्शको तालिम सिटिइभिटीबाट सम्बन्ध प्राप्त गरि सञ्चालन गरेको बताए । उनले सुरुवातको चरण निकै चुनौतिपूर्ण रहेको बताउँदै स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर आगाडि बढ्दै जाने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत लालु शर्मा रिमाल, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका आईटी रविन्द्र लामिछाने लगायतको सहभागिता रहेको थियो भने  प्रशिक्षार्थीहरू रुकबहादुर गुरुङ सकुन्ता पाण्डेले ६ महिना अवधिभरको आफ्नो अनुभव शेयर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0