पोखरा । ऋषिकुल वेलनेस इण्डष्ट्रिजका विभिन्न अर्गानिक तथा पूरक आहारजन्य उत्पादन अब पोखराको पोखरा हर्बल होमबाट उपलब्ध हुने भएका छन्। पोखरा हर्बल होमले यसअघि केही समयदेखि ऋषिकुलका उत्पादन बिक्री गर्दै आए पनि आइतबारदेखि कम्पनीको पोखरास्थित आधिकारिक स्टोर सञ्चालनमा ल्याउँदै औपचारिक रूपमा बिक्री शुभारम्भ गरेको हो।

स्टोरको शुभारम्भ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, ऋषिकुल वेलनेस इण्डष्ट्रिजका सीईओ बीआइ साह तथा वरिष्ठ कन्सल्टेन्ट एवं आयुर्वेद विज्ञ डा. सबरी शाहले संयुक्त रूपमा गरेका हुन्।

शुभारम्भ कार्यक्रममा वरिष्ठ कन्सल्टेन्ट तथा आयुर्वेद विज्ञ डा. सबरी शाहले उपस्थित ग्राहकलाई स्वास्थ्य, जीवनशैली तथा खानपानका विषयमा परामर्शसमेत दिएका थिए। विशेषगरी दीर्घरोग भएका व्यक्ति तथा स्टोरमा पुगेका ग्राहकले आफ्नो स्वास्थ्य अवस्था, खानपान र जीवनशैलीसँग सम्बन्धित विषयमा डा. शाहसँग परामर्श लिएका थिए।

कार्यक्रममा ऋषिकुल वेलनेस इण्डष्ट्रिजका सीईओ बीआइ साहले कम्पनीले उत्पादन गर्दै आएका विभिन्न सामग्री, तिनको प्रयोग तथा उत्पादनको उद्देश्यबारे जानकारी दिएका थिए।

त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले ऋषिकुलको आधिकारिक स्टोर पोखरामा सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै व्यवसायको सफलताको शुभकामना दिइन्।

पोखरा हर्बल होमका सञ्चालक तथा ऋषिकुल वेलनेस इण्डष्ट्रिजका शाखा प्रबन्धक कुमारप्रसाद बरालका अनुसार ऋषिकुल विगत ११ वर्षदेखि सञ्चालनमा रहेको परियोजना हो। कम्पनीले स्वास्थ्य तथा दैनिक उपभोगसँग सम्बन्धित विभिन्न अर्गानिक तथा पूरक आहारजन्य उत्पादन बजारमा ल्याउँदै आएको उनले बताए।

बरालका अनुसार ऋषिकुलले करिब दुई सय प्रकारका अर्गानिक उत्पादन मार्फत दैनिक उपभोगका सामग्री उपलब्ध गराउने लक्ष्य लिएको छ। स्वास्थ्य तथा जीवनशैलीमा सुधार ल्याउने उद्देश्यले कम्पनीका उत्पादनहरू प्रयोग हुँदै आएको उनको भनाइ छ।

पोखरा हर्बल होममा ऋषिकुलका उत्पादनसँगै विभिन्न आयुर्वेदिक सामग्री तथा स्वास्थ्यसम्बन्धी उत्पादनसमेत उपलब्ध रहेको बरालले जानकारी दिए।

करिब दुई दशकदेखि ग्राहकलाई सेवा दिँदै आएको पोखरा हर्बल होमले स्वास्थ्यसम्बन्धी सामग्री तथा आयुर्वेदिक उत्पादन उपभोक्तामाझ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ऋषिकुलसँग सहकार्य गरेको जनाएको छ।

पोखरामा आधिकारिक स्टोर सञ्चालनमा आएसँगै ऋषिकुलका अर्गानिक तथा पूरक आहारजन्य उत्पादन उपभोक्ताले एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनी तथा स्टोर सञ्चालकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0