पोखरा । कास्की लोकदोहोरी व्यवसायी समितिको प्रथम अधिवेशन–२०८३ आज पोखरामा सम्पन्न भएको छ। अधिवेशनले समितिको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

अधिवेशनबाट आधिखोला दोहोरी साँझका सञ्चालक मिनप्रसाद गुरुङ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै ए वान गाउँ शहर दोहोरी साँझका सञ्चालक नौजङ्ग गुरुङ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

समितिको सचिवमा हाम्रो फेवा रोधी क्लबका सञ्चालक कृष्ण सुवेदी र कोषाध्यक्षमा ऋदम दोहोरी साँझकी सञ्चालक करिश्मा बराल निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा विशौनी दोहोरी साँझका सञ्चालक चन्द्र दर्नाल, कान्छी दोहोरी साँझकी शुभद्रा श्रेष्ठ तथा ससुराली दोहोरी साँझका सञ्चालक टङ्क पौडेल निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले कास्कीमा सञ्चालित लोकदोहोरी व्यवसायको व्यवस्थित विकास, व्यवसायीका साझा समस्या समाधान तथा लोकसंस्कृति र नेपाली मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा पहल गर्ने अपेक्षा गरिएको छ।

यस अगाडि अधिवेशनको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चिताङ्गत बरालले उद्घाटन गरेका थिए । उद्घाटन सत्र संस्थापक अध्यक्ष होम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0