पोखरा । त्रिवेणी सङ्गीतालय, पोखरा कास्कीले बालप्रतिभाको खोजी अभियानअन्तर्गत आयोजना गरेको ‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’को चौथो संस्करणमा ४२ जना बालप्रतिभा क्वाटर फाइनलका लागि छनोट भएका छन् ।  शनिबार भएको प्रतिष्पर्धाबाट ६० जना प्रतिस्पर्धीमध्ये ४२ जना छनोट गरिएको कार्यक्रम संयोजक सुनिल बरालले जानकारी दिए ।

यसरी छनोट हुनेमा आहाना गुरुङ, आरोहा अधिकारी, आयान गहतराज, आशिमा सेन, आरोही बी.के., आविष्कार पुन, अङ्कित छन्त्याल, अङ्कित सुवेदी, अनोमा बज्राचार्य, अंशिका गिरी, अन्शु भुजेल, अन्वेषा घिमिरे, अपार गुरुङ, आर्या लामिछाने, आर्या श्री लामिछाने, अश्विन सुवेदी, विद्या तामाङ, विजय अधिकारी, दिया थापा मगर, दीपशिखा थापा र दृष्टान्त सापकोटा रहेका छन् ।

यसैगरी  एरिका रञ्जित, इभा बाँस्तोला, इभान रञ्जित, इभाना तामाङ, कृपा बी.के., ओमिषा गुरुङ, ओभिया गुरुङ, प्रवेश बस्ताकोटी, प्राप्ति पौडेल, प्रशंसा ढुङ्गाना, प्रसङ्ग ढुङ्गाना, प्रतिष्ठा कँडेल, रहाना पहारी, रिहान सुनार,  रुबल आले, सक्सेस बूढा मगर, समीप श्रेष्ठ, सन्ध्या ढकाल, सात्विक लामिछाने, शिवानी अधिकारी र सिजल श्रेष्ठ पनि क्वाटर फाइनलका लागि छनोट भएको संयोजक बरालले जनाए ।

त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक नवराज बरालका अनुसार प्रारम्भिक चरणमा करिब २५० जनाबाट १८० जना छनोट गरिएको थियो । त्यसपछि १८० जनाबाट १०२ जना हुँदै  ६० जना छनोट गरिएको थियो । अब ४२ जनाबाट २० जना छनोट गरी फाइनल चरणमा २० जनाबीच प्रतिस्पर्धा गराइनेछ ।

फाइनल प्रतिस्पर्धाबाट उत्कृष्ट १० जना बालप्रतिभाले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न जिल्लाका विभिन्न विद्यालयबाट बालप्रतिभाको सहभागिता रहेको बरालले बताए । प्रतियोगितामा नेपाली भाषाका गीतलाई प्राथमिकता दिइएको छ । सहभागीले विभिन्न विधाका नेपाली गीत प्रस्तुत गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।  

कार्यक्रम संयोजक बरालले प्रतियोगितामार्फत नयाँ बालप्रतिभाको पहिचान गरी उनीहरूलाई सङ्गीत क्षेत्रमा अघि बढ्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको बताए ।  उनका अनुसार ‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’ कार्यक्रम त्रिवेणी सङ्गीत पुरस्कार अक्षयकोष सहयोगार्थसमेत आयोजना गरिएको हो । प्रतियोगितामार्फत नयाँ पुस्तामा संगीतप्रतिको रुचि र प्रतिभालाई प्रोत्साहन गर्दै नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएका छन् । 

क्वाटर फाइनलको प्रतिष्पर्धा असोज १७ गते हुने उनले बताए ।  प्रतियोगिताको फाइनल आगामी कार्तिक महिनामा आयोजना हुनेछ । संगीतालयले लामो समयदेखि सञ्चालन गर्दै आएको विभिन्न प्रतियोगितात्मक कार्यक्रमअन्तर्गत यस वर्षको प्रतियोगिताको सुरु अडिसनमा १५ वर्षमुनिका करिब २५० जना बालप्रतिभाले सहभागिता जनाएको आयोजकको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0