पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन ९रेवान० पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। संस्थाको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा विकास भट्टराई र द्वितीय उपाध्यक्षमा योगेश भट्टराई निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा विरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा चयन भएका छन्। निवर्तमान अध्यक्ष विश्व राज पौडेल भने कार्यसमितिमा रहेका छन्।

नयाँ कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्म राज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनील बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित भएका छन्।

पर्यटन तथा आतिथ्य क्षेत्रको महत्वपूर्ण संस्थाका रूपमा स्थापित रेवान पोखराको नयाँ नेतृत्वसमक्ष रेष्टुरेण्ट तथा बार व्यवसायीको हकहित संरक्षणसँगै व्यवसायीबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने चुनौती छ। साथै, गुणस्तरीय आतिथ्य सेवा प्रवर्द्धन गर्दै पोखराको पर्यटनलाई थप चलायमान बनाउन नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

रेवान पोखराले लामो समयदेखि पर्यटन प्रवर्द्धनसँगै पोखराको रेष्टुरेण्ट तथा आतिथ्य व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

बदलिँदो पर्यटन बजार, पर्यटकको रुचि र व्यवसायिक चुनौतीलाई मध्यनजर गर्दै नयाँ कार्यसमितिले व्यवसायीलाई एकताबद्ध गरी आतिथ्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। नयाँ नेतृत्वले पोखरालाई अझ आकर्षक, सुरक्षित र जीवन्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0