पोखरा । गायक तथा संगीतकार जय कुमार परियारको नयाँ गीत ‘प्रेम रोगी’ सार्वजनिक भएको छ। जय म्युजिक सेन्टरको युट्युब च्यानलमार्फत गीत तथा यसको भिडियो सार्वजनिक गरिएको हो।
गीतमा लोकप्रिय गायक शिव परियारको स्वर रहेको छ। गीतको शब्द तथा संगीत जय कुमार परियारकै रहेको छ। प्रेम र भावनालाई केन्द्रमा राखेर तयार पारिएको गीतको भिडियोसमेत आकर्षक बनेको निर्माण पक्षले जनाएको छ।
किरण कडेलले भिडियो निर्माण गरेका हुन् भने प्रसन्नले निर्देशन गरेका छन्। भिडियोमा राज, निसा, रोजी र स्मिताको अभिनय रहेको छ। भिडियोमा कलाकारहरूको अभिनयमार्फत गीतको भाव र कथालाई प्रस्तुत गरिएको छ।
विदुर पाण्डेको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको ‘प्रेम रोगी’को अडियो तथा भिडियो जय म्युजिक सेन्टरको प्रस्तुतिमा तयार पारिएको हो।
गीत सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ। ‘प्रेम रोगी’को भिडियो जय म्युजिक सेन्टरको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।
‘प्रेम रोगी’को भिडियो हेर्नुहोस्















