पोखरा । सरोज गोपाल बज्राचार्यको १२औँ स्मृति दिवस विविध सांगीतिक प्रस्तुतिसहित भव्य तथा अर्थपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रम स्व. बज्राचार्यको कला, सिर्जना तथा नेपाली संगीत क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण र सम्मान गर्ने महत्वपूर्ण अवसर बनेको थियो।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले बज्राचार्यको योगदानका बारेका चर्चा गरे ।

स्मृति दिवसका अवसरमा अवसरका आयोजित यस कार्यक्रममा स्व. सरोज गोपाल बज्राचार्यका विभिन्न कालजयी तथा नोस्टाल्जिक गीतहरू प्रस्तुत समेत गरिएको थियो। उनका चर्चित सिर्जनाहरू प्रस्तुत हुँदा उपस्थित संगीतप्रेमीहरू भावुक बनेका थिए । कार्यक्रममा गीत–संगीतमार्फत स्व. बज्राचार्यको योगदान, सिर्जनशीलता र नेपाली संगीतप्रतिको समर्पणलाई पुनः स्मरण गरिएको थियो।

यो कार्यक्रमले छोटो समयमै आयोजना गरिए पनि सरल, संक्षिप्त र प्रभावकारी स्मृति कार्यक्रमका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको आयोजकले जनाएका छन् । नेपाली संगीतका अमर प्रतिभालाई सम्झँदै उनको कला र सिर्जनालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

कार्यक्रम जोजिजु म्युजिक सेन्टरको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठान, लायन्स क्लब अफ पोखरा सुन्दरनगरी र पोखरा महानगरपालिका वडा नं. ११ को सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा गायिका बाबा राणा सहित पोखरा तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, संगीत विद्यालयका प्रतिनिधि, कलाकार तथा संगीतप्रेमीहरूको सहभागिता रहेको थियो । सहभागीले नेपाली सांगीतिक क्षेत्र तथा सञ्चार क्षेत्रमा रहेर स्व.बज्राचार्यले गरेको कार्यको स्मरण गरे ।

कार्यक्रमको परिकल्पना तथा आयोजना गर्न महत्वपूर्ण पहल गर्ने प्राज्ञ रविन्द्र माकाजू र जोजिजु म्युजिक सेन्टरका सञ्चालक बिनित जोजिजुप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रम सञ्चालन प्राज्ञ सानु जोजिजुले गरेकी थिइन् ।

आयोजकले कार्यक्रममा उपस्थित भई साथ, सहयोग र सहभागिता जनाउने सम्पूर्ण महानुभाव तथा संगीतप्रेमीप्रति हार्दिक आभार व्यक्त गरेको छ। स्व. सरोज गोपाल बज्राचार्यको संगीत, सिर्जना र योगदानलाई निरन्तर स्मरण गर्दै नेपाली संगीत क्षेत्रमा उहाँको योगदानलाई जीवन्त राख्ने प्रयास जारी राखिने आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0