पोखरा । यहीं फागुन २१ हुने सङ्घीय निर्वाचनको लागि नेकपा एमाले कास्की क्षेत्र नं.१मा बुथ सुरक्षा र अन्य सुरक्षा सम्बन्धित कुराहरूलाई ख्याल गर्दै एमालेका युवा नेता विष्णु पुनको संयोजकत्वमा सुरक्षा कमान्ड निर्माण गरेको छ ।
एमाले गण्डकी प्रदेश कमिटीका सदस्य समेत रहेका युवा नेता विष्णु पुनले आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले क्षेत्र नं. १ कास्कीमा मतदाता तथा मतदान स्थलको सुरक्षा जिम्मेवारी सम्हाल्ने छन् ।आसन्न निर्वाचनलाई कास्की १ मा निष्पक्ष,धाँधली रहित बनाउन र एमाले मतदातालाई निर्धक्क साथ मतदान गर्नको लागि उक्त कमान्डले काम गर्ने बताइएको छ ।
सुरक्षा कमान्डको पहिलो बैठकबाट कास्की १ लाई ६ कमान्डमा बिभाजन गरिएको छ। उक्त कमान्डले परिस्थितिको समेत आकलन गरि आफ्नो कार्यलाई अगाडि बढाउने कुरा पुनले जानकारी गराएका छन । कमान्ड १ मा तारामाया थापा र बिक्रम रायमाझी , कमान्ड २ मा विकास अधिकारी , ईश्वर अधिकारी र प्रमिला बराल, कमान्ड मा ३ रोशन छन्त्याल, भीम कुमारी पुन, सूर्य लामा र ब्रजेश गुरुङ, कमान्ड ४ मा भुवन घिमिरे , नरेन्द्रनाथ ढुङ्गाना र विकास सुनार , कमान्ड ५ मा नवराज बराल र शिबराज सुवेदी, कमान्ड ६ को जिम्मेवारी सत्यराज सापकोटा र राजु अधिकारीले सम्हाल्ने छन ।
६ कमान्डले कास्की १ को ६१ मतदान स्थल तथा उक्त मतदान स्थलमा मतदान गर्ने मतदाताको पार्टीको तर्फ बाट सुरक्षा को काम गर्ने छ। साथै ६ कमान्ड मातहत रहने गरी ६१ सह–कमान्ड र ९ सय १० जना सुरक्षा फोर्स परिचालन गरिने कुरा विष्णु पुनले बताए । निर्वाचन उप समिति कास्की क्षेत्र न १ को विशेष भेलाले यस्तो निर्णय गरेको हो। ९ सय १० जनाको सुरक्षा फोर्सको भेला फाल्गुन ९ गते शनिबार नमस्ते पार्टी प्यालेसमा हुने संयोजक पुनले जानकारी दिए ।
















