पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन सत्रमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपूर्ण बन्न मद्दत गर्ने बताए । उनले पत्रकारको कर्मलाई समाजले निगरानी गरिरहेको हुने बताउँदै आफ्नो कर्ममा निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए । 

सहभागीको तर्फबाट बोल्दै सञ्चारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्यायले तालिम छोटो समयको भएतापनि प्रभावकारी भएको बताए । आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे । प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोबाइलको उच्चतम् प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे । 

वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व सहित आफ्नो अनुभव सहित सहजिकरण गरे । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव मधु अधिकारीले गरेका थिए । तीन दिन सम्म सञ्चालन भएको तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्ध ७० जना पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0