पोखरा । पोखरामा जनप्रतिनिधिको दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको प्रतियोगितामा पोखरा महानगरपालिका भित्रका पुरुष तथा महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको साप्ताहिक तथा मासिक दौडका रेस डाइरेक्टर एवम् मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिए ।
मञ्चले आफ्नो रजत महोत्सव बिभिन्न कार्यक्रमहरू गरि मनाउने क्रममा १२ महिना १२ वटा कार्यक्रमको योजना तय गरि मनाउने क्रममा उक्त दौड प्रतियोगिता आयोजना गरेको गुरुङले उल्लेख गरे । शनिवार छात्र ,छात्राको नियमित हुने ५ किमि दौड सहित जेठ महिनामा जनप्रतिनिधिहरूको ५ किमि दौड प्रतियोगिताको आयोजना गरिएको मञ्चले जनाएको छ । प्रतियोगितामा ६ जना वडा अध्यक्ष सहित वडा सदस्यहरूको पनि सहभागिता रहेको थियो ।
दौडमा पुरुष जनप्रतिनिधि तर्फ वडा ७ का वडा अध्यक्ष राम मोहन आचार्य पहिलो, वडा २० का गुञ्जमान गुरुङ दोस्रो ,वडा १५ का वडा अध्यक्ष तोरण बानियाँ तेस्रो, वडा ८ का जनप्रतिनिधि गोविन्द बराल चौथो र वडा १० का जनप्रतिनिधि पूर्ण चन्द्र न्यौपानेले पाचौँ स्थान प्राप्त गर्न सफल भए ।
त्यस्तै महिला जनप्रतिनिधि तर्फ सुनिता सुनार वडा ७ बाट पहिलो, वडा १ कि शोभा गुरुङ दोस्रो ,वडा ८ कि पवित्रा केसी तेस्रो, वडा १७ कि राधिका योगी शाहीले चौथो स्थान प्राप्त गर्दा वडा १३ कि सूचित तामाङले पाचौँ स्थान प्राप्त गरिन ।
छात्रा तर्फ एन्जिला जिटी पहिलो, मिना परियार दोस्रो, करिस्मा तिवारी तेस्रो, आर्या पोख्रेल चौथो र उपास्ना गुरुङले पाचौँ स्थान प्राप्त गर्न सफल भइन् । छात्र तर्फ प्रेम परियार पहिलो, आयुष सुनार दोस्रो जोसन राई तेस्रो अमिन नेपाली चौथो हुदा विवेक परियारले पाचौँ स्थान प्राप्त गर्न सफल भए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले खेलकुदको क्षेत्रमा मञ्चले गरेको योगदान महत्वपूर्ण रहको बताउँदै प्रशंसा गरे।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले संस्था २५ औँ वर्षमा प्रवेश गरेका हुँदा रजत महोत्सवका कार्यक्रमलाई वर्ष भरि गरिने बताए ।
यस्तै कार्यक्रममा समितिका उपाध्यक्ष तिलक अधिकारी, सचिव अन्जु केसी क्षेत्री, वडा ३ वडा अध्यक्ष प्रकाशमान उदास, वडा ११ का वडा अध्यक्ष प्रेम कमचार्य, वडा २७ का वडा अध्यक्ष पुर्ण बहादुर गुरुङ महानगरका प्रवक्ता एवम् वडा २५ का वडा अध्यक्ष मोति तिम्सिना,वडा १ का वडा अध्यक्ष साहारा प्रधान लगायतको सहभागिता रहेको थियो ।
