पोखरा । पोखराको  नदिपुरभिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा भएको पाचौँ माउन्ट अन्नपूर्ण एसइइ बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ । 

शनिवार भएको फाइनल खेलमा गलेश्वर लाई हराउँदै बेनपाले छात्र तर्फको उपाधि जितेको खेल संयोजक अशोक कुमार शाहीले बताए। उपाधि सँगै बेनपाले नगद २० हजार सहित क्रमश मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो भएको गलेश्वरले १० हजार  सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । 

छात्रा तर्फको उपाधि माउन्ट अन्नपूर्ण मावि (मास)ले  मर्दिखोलालाई हराएर उपाधि  जित्न सफल भएको छ । उपाधि सँगै मासले नगद  १५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा मर्दिखोलाले नगद ८ हजार  सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । 

प्रतियोगितामा मष्ट भ्यालुएबल छात्रको तर्फ एलोन शेरपुर्जा हुँदा छात्रा तर्फ सोयक्षा पुन बन्न सफल भइन भने हाइस्कोरर छात्र तर्फ इन्द्र पुन भए भने छात्रा तर्फ आयुमी बाटाजुले जित्न सफल भइन् । मष्ट भ्यालुएबल छात्र,छात्राले दुई, दुई हजार प्राप्त गर्दा हाइस्कोरर छात्र, छात्राले एक,एक हजार रुपैयाँ प्राप्त गरे । 

समापन कार्यक्रमको अवसरमा बोल्दै पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले शैक्षिक क्षेत्रमा विद्यालयले गरेका काम उदाहरणीय भएको बताउँदै वडाको तर्फबाट आगामी दिनहरूमा  सहकार्य गरेर अगाडि बढन् तयार रहेको बताए। 

विद्यालयका अध्यक्ष सुरज प्रधानाङ्गले विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरि विद्यालयले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए। प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले विद्यालयले शिक्षाको क्षेत्रमा गरेका कामको चर्चा गर्दै शैक्षिक क्रियाकलाप सँगै खेलकुदको क्षेत्रमा विद्यालय सँधै अगाडि रहेको बताए । 

विद्यालयका अतिरिक्त कार्यक्रम निर्देशक तेज बहादुर गुरुङले विद्यालय गण्डकी प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित विद्यालय  भएको बताए । उनले  एसइइ दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्देश्यले खेलकुदको कार्यक्रम आयोजना गरिएको बताउँदै विद्यालयले किताबी ज्ञान सँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिदैँ आइरहेको जनाए।

कार्यक्रममा पूर्व अध्यक्ष चिज काजी गुरुङ, निर्देशक चित्र गुरुङ, प्रोमोटर झम गुरुङ, समाजसेवी भूपालजङ कुवँर, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ लगायत वडा ३ मा रहेका बिभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  कुल २० टिमको सहभागिता  रहेको प्रतियोगितामा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

यसै बिच विद्यालयले यही अवधिमा पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसपको पनि समापन गरेको छ । होटेल म्यानेजमेन्ट तर्फ हाउस किपिङ, कफि वारिष्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यास गराइएको वर्कसपमा १०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0