पोखरा । नेपाल खेलकुद महासङ्घ (नेकोस) प्रदेश कमिटी गण्डकी अन्तरगतका खेल सङ्घहरूको संयुक्त अधिवेशन सम्पन्न भएको छ । शनिबार पोखरामा आयोजना भएको अधिवेशनले महासङ्घ अन्तरगतको फुटबल, तेक्वान्दो, डोरितान, भलिबल, ब्याडमिन्टन, एथलेटिक्स, कराते र हाप्कीडो सङ्घको नेतृत्व सहितको समिति सर्वसम्मत गठन गरेको महासङ्घ गण्डकीका सचिव ईश्वर अधिकारीले जानकारी दिए ।

 जस अनुसार डोरीतान सङ्घको अध्यक्षमा विकास सुनार चयन भएका छन् । उपाध्यक्षमा माधव जिसी, सचिवमा लक्ष्मण रानामगर, कोषाध्यक्षमा इतिहाज अहमद, उपसचिवमा मञ्जु पुन, सदस्यमा छवि शर्मा र उत्तम पौडेल रहेका छन् ।

एथलेटिक्स सङ्घको अध्यक्षमा हरि बहादुर बरुवाल, उपाध्यक्षमा मातृका आचार्य र सन्तोष बानियाँ, सचिवमा राजु बहादुर भण्डारी, उपसचिवमा दिक्षा पुन र कोषाध्यक्षमा सुष्मा सुर्खाली रहेका छन् । 

भलिबल सङ्घको अध्यक्षमा मलिन रोक्का, उपाध्यक्षमा पदम कुमार श्रेष्ठ र लुकु पुन, सचिवमा आदर्श अधिकारी, उपसचिवमा सोनी फगामी, कोषाध्यक्षमा फविना भण्डारी, सदस्यमा सुजता पुन र अनिल पौडेल रहेका छन् । 

फुटबल सङ्घमा अध्यक्ष रमेश कार्की, उपाध्यक्षमा एकराम थापा, सचिवमा कपिलबाबु भण्डारी, सहसचिव बिरेन राना, कोषाध्यक्ष विश्वदल गुरुङ, सदस्यमा बेल प्रसाद गुरुङ, सुविन श्रेष्ठ, जङ्ग बहादुर थापा, विनोद बम्जन रहेका छन् । कराते सङ्घको अध्यक्षमा रामचन्द्र गिरी, उपाध्यक्षमा श्याम कृष्ण ढुङ्गाना, सचिवमा कृष्ण कुमार तामाङ लामा, कोषाध्यक्षमा विवेक मल्ल, सदस्यमा सुरेश बिक र विमला नेपाली रहेका छन् ।

 नेपाल हाप्कीडो सङ्घको अध्यक्षमा धनराज गुरुङ, उपाध्यक्षमा कृती गिरी, सचिवमा भरत सुवेदी, कोषाध्यक्षमा माया क्षेत्री, सदस्यमा पूर्ण गुरुङ, इन्द्र बहादुर थापा र जितेन्द्रजङ्ग थापा रहेका छन् । 

तेक्वान्दो खेल सङ्घको अध्यक्षमा नवीन गुरुङ, उपाध्यक्षमा बबिता सुनार, सचिवमा आविष्कार बस्ताकोटी, कोषाध्यक्षमा लक्ष्मी पुन, सदस्यमा रोजा सिलवाल, मदन गुरुङ र तिलक सिउँरानी रहेका छन् । 

नेपाल खेलकुद महासङ्घ प्रदेश कमिटी गण्डकीका अध्यक्ष बोधराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव विष्णु पुन सहित महासङ्घमा आवद्ध खेलकर्मीको सहभागिता रहेको थियो । महासङ्घ प्रदेश कमिटी गण्डकीको अधिवेशन जेठ ३० र ३१ गते हुँदैछ । अधिवेशनको तयारीमा समेत तीव्रता दिइएको सचिव अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0