लेखनाथ । कास्कीको बेगनासताल र आसपासका ठाउँबाट पोखरासम्म बस सेवा सञ्चालन गर्दै आएको बेगनासताल पोखरा यातायात प्रा.लि.को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्‌घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद सिटौलाले यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्‍याउने दायित्व यातायात व्यवसायिको भएको हुँदा यसलाई प्रभावकारी र भरपर्दो बनाउन समय अनुसार आफ्ना सेवालाई सुधार गर्दै आएको बताउँदै यसमा राज्यको तर्फबाट यात्रुमैत्री वातावरण सृजना गरिदिन आग्रह गरे ।

निजी क्षेत्रबाट ६३/६४लाख सवारी साधनमा लगानी रहेको प्रसङ्ग उठाउँदै अध्यक्ष सिटौलाले मुलुकको परिस्थिति र बाटोको अवस्थाका कारण व्यवसायी मर्कामा परिरहेको अवस्थामा राज्यले उचित किसिमको निती नियम बनाई दिनका लागी पनि उनको सुझाव थियो ।

सोही अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय द्वितीय उपाध्यक्ष एन कुमार शाहीले देशका बिभिन्न दुर दराजका यात्रुलाई शहरसम्मको पहुच दिन काम यातायात ब्यवसायीले दिएकाले यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने तर्फ व्यवसायी, चालन,सहचालक,राज्यका सम्बन्धित निकाय र स्वयम् यात्रु वर्ग पनि जिम्मेवारी हुनु पर्नेमा जोड दिएका थिए ।

यसैगरी कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय तृतीय उपाध्यक्ष केदार पौडेलले यातायातका साधनका व्यवसायिको प्रत्यक्ष लगानी परेपछि यो लगानी राज्य र यात्रुको पनि हो भन्ने हिसाबले यातायात व्यवसायलाई हेर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका अधिकारी पराजुलीले गाउँमा उत्पादित वस्तुलाई सहरसम्म पुर्‍याउने र बजारका वस्तुलाई गाउँसम्म लाने काम व्यवसायिहरूले गरेकाले यसलाई राज्यले नजरअन्दान गर्न नहुने विचार राखेकी थिइन ।

बेगनासताल पोखरा यातायात प्रा.लि.का अध्यक्ष बुद्धि प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हिमालयन अर्गनाईजेसनका अध्यक्ष धुव्र थापा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय उप महासचिव भानुभत्त बराल, नेपाल यातायात व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष गणेश थापा, नेपाल यातायात व्यवसायी महासङ्घ कास्की समन्वय समितिका संयोजक सूर्य बहादुर थापा, बेगनासताल पोखरा यातायात प्रा.लि.का पूर्व अध्यक्ष राविन्द्रमोहन अधिकारी र सम्पूर्ण मजदुरहरूको तर्फबाट बेनिराज थिङ लगायतले यातायात व्यवसायको लगानी अप्ठ्यारो अवस्थामा रहेको संकेत गरेका थिए ।

बेगनासताल पोखरा यातायात प्रा.लि.का पुर्व अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक सन्तोष अधिकारीले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0