पोखरा ।  पर्वतारोही मौरिस हर्जोगको सम्झनामा फ्रान्सेली कलाकार टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरमा साङ्गीतिक प्रस्तुती दिने भएका छन् । सोही सफलताको सम्झनामा फ्रान्सेली साङ्गीतिक टोली नेपाल आएको छ । उक्त टोली शुक्रबार पोखरा आइपुगेको छ ।

मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेननाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र साङ्गीतिक टोली गरी १४ जनाको टोली पोखरा आएको छ ।

टोलीको पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख मणि राज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लगायतका पर्यटन अगुवाहरूले उनीहरूलाई स्वागत गरेका थिए । 

अन्नपूर्ण हिमाल आरोहणको दिवस हीरक जयन्तीमा फ्रान्सेली कलाकार समूहले शुक्रबार पोखराको फेवाताल वाराही घाट र आधार शिविरमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने टान अध्यक्ष आचार्यले जानकारी दिए । 

मौरिस हर्जोग विश्वमै ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो फ्रान्सेली आरोही हुन् । सन् १९५० जुन ३ तारिखमा हर्जोग र लुइस लाचेनले अन्नपूर्ण आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले पाएको सोही सफलताको सम्झनामा अन्नपूर्ण आधार शिविरमा फ्रान्सेली कलाकार टोली त्यस तर्फ जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0