पोखरा । वडा सचिव मिलन केन्द्र नेपालको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । कास्की जिल्लाका ५ वटा स्थानीय तहका ७२ वटै वडामा कार्यरत वडा सचिवहरूकाबीच बन्धुत्व र भाइचाराको सम्बन्ध स्थापित गरी वडा कार्यालयहरूको कार्य विधि, पद्धति, प्रक्रियामा एकरूपता र सरलता ल्याउने उद्देश्यका साथ २०७८ सालमा  मिलन केन्द्रको गठन भएको थियो । अधिवेशनले झम्कनाथ पौडेलको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा आगामी ३ वर्षको लागि चयन गरेको छ ।

जसको उपाध्यक्षमा अर्जुन लामिछाने, सचिवमा युवराज पौडेल, सह सचिवमा सुदीप चापागाईँ, कोषाध्यक्षमा दुर्गा न्यौपाने सदस्यहरूमा लक्ष्मण शर्मा, कृष्ण प्रसाद शर्मा, खुमलाल लामिछाने, बुद्धि प्रसाद लामिछाने, शिवहरी शर्मा, हरिमाया खत्री, बलराम सापकोटा र राजु पौडेल रहेका छन् । बाँकी दुई सदस्य कार्यसमितिले पछि चयन गर्ने छ ।  पोखरा महानगरपालिका वडा नं ८ को सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0